Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

एमाले मध्यपहाडी अभियानः अछामबाट १५४ किलोमिटरको यात्रा गरी दैलेख पुग्दै

2023 Dec 3 9:55 AM 65

विज्ञापन

Birat Cancer Hospital
एमाले मध्यपहाडी अभियानः अछामबाट १५४ किलोमिटरको यात्रा गरी दैलेख पुग्दै
काठमाडाैँ । नेकपा एमालेको १४ मंसिरमा सुरु भएको मध्यपहाडी लोकमार्ग अभियानको आज चौथो दिन अभियान दैलेख पुग्दै छ । आज अछामको मंगलसेनबाट १५४ किलोमिटर लामो यात्रा हुने एमालेले जनाएको छ । आज दैलेखको राकम कर्णालीमा सभा हुँदैछ । यात्रा शनिबार अछामको मंगलसेन पुगेको थियो । आज मंगलसेनमा खाना खाएर यात्रा सुरु हुनेछ । त्यसपछि विभिन्न स्थानमा भेटघाटहरू हुनेछन् । आज अछामको गैरीटाँडमा भेट घाट हुनेछ । त्यसपछि दैलेखको राकम कर्णालीमा खाना हुनेछ भने त्यहाँ सभा पनि हुनेछ । त्यसपछि यात्रा बेलुकाको बासका लागि दैलेख सदरमुकाम दैलेख बजार आउनेछ । सो क्रममा जम्बुकाँध, चगत्रा र श्रीस्थानमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले स्थानीयसँग भेटघाट गर्नेछन् । श्रीस्थानमा पेट्रोलियम पदाद्र्ध उत्खननको काम भइरहेको छ । अध्यक्ष ओलीले त्यसको पनि अवलोकन गर्नेछन् । राकम कर्णालीमा सभाका लागि एमाले दैलेखले सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । यात्राका क्रममा अयोजित सभाहरूलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली वर्तमान प्रचण्ड नेतृत्वको सरकारमाथि आक्रामक बनेका छन् भने सत्तासाझेदार दल कांग्रेस माओवादी केन्द्रको पिछलग्गु भएको टिप्पणी गरेका छन् । ओलीले यात्राका क्रममा बाटोमा पर्ने सबै मन्दिरहरूमा पूजा पनि गर्ने गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न