Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
समाज

समाजसेवी गोयलद्धारा २ सय बिद्यार्थीहरुलाई स्विटर तथा उलन टोपी बितरण साथै १५ जनालाई छात्रबृद्धि प्रदान

2024 Jan 7 3:53 PM 163

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी गोयलद्धारा २ सय बिद्यार्थीहरुलाई स्विटर तथा उलन टोपी बितरण साथै १५ जनालाई छात्रबृद्धि प्रदान
झापा । विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले शनिबार झापाको एक सामुदायिक बिद्यालयमा अध्ययनरत २ सय भन्दा बढि विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेका छन् । १५ भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा दिवा खाजा उपलब्ध गराएको छन् । समाजसेवी दिनबन्धु गोयलका दाजु स्व. ओमप्रकाश गोयलको सम्झनामा झापा जिल्लाको भद्रपुर नगरपालिका–५ स्थित गौतमबुद्ध आधारभुत विद्यालयमा अध्ययन गर्ने बिपन्न परिवारका २ सयभन्दा बढि विद्यार्थीलाई स्विटर तथा जाडोको न्यानो कपडा साथै उलन टोपी बितरण गरेका हुन् । सोही बिद्यालयमा अध्ययनरत १५ भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने दिवा खाजा समेत बितरण गरिएको छ । नगरपालिकाले यस्ता समाजसेवीहरुको पहल र सहयोगले सामुदायिक बिद्यालयको गुणस्तर उकास्ने सहयोग पुग्ने र बिद्यालय भर्ना भएर बिचैमा बिद्यालय छोड्ने बिद्यार्थीहरुको सख्यामा न्युनिकरणका लागि थप सहयोग पुगेको भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले बताएका छन् । अन्य बिद्यालयहरुमा पनि सहयोग गरिदिन मेयर पोखरेलले आग्रह गर्दै समाजसेवी गोयललाई बिद्यालयमा अध्ययन गर्ने केटा केटी ती साना भाईबहिनीहरुलाई गरेको सहयोग खेर नजाने आश्वासन दिलाए । समाजसेवी दिनबन्धु गोयलले दाजु स्व। ओमप्रकाश गोयलको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेको र कोषमा रहेको रकम मध्येबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याज रकमले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत जेहेन्दार १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको बताएका छन् । विद्यालयको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्त, विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले विद्यार्थीलाई जाडोको न्यानो कपडा र छात्रवृत्ति वितरण कार्यक्रममा आफनो मन्त्ब्य राखेको थिए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न