Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
पत्रपत्रिका, बिचार, ब्रेकिङ्ग न्यूज, समाज

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

2026 Sep 6 4:21 PM 43

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

विराटनगर । विष्णुमाया पुस्तकालयले विराटनगरमा पुस्तकालय दिवस मनाएको छ । सो पुस्तकालयले आफ्नै सभाकक्षमा सरकारले घोषणा गरेअनुसार भदौ १५ गतेलाई आधार मानेर पुस्तकालय दिवस मनाएको हो । 

सो क्रममा कार्यक्रमका प्रमुख आतिथि पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकालय हाम्रो जीवन हो, यसको संरक्षण, सम्बर्धन, आधुनिकीकरण र प्रविधिमैत्री विकास आजको आवश्यकता रहेकोले सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी भएमात्र सम्भव हुने बताए । 

आदर्श पुस्तकालयका अध्यक्षसमेत रहेका उनले आफ्नो पुस्तकालयको अस्तित्व नै नामेट हुने गरी रोटरी क्लबले पैसा र शक्तिको बलमा कब्जा गरेको र सो विषयमा न्यायालयले समेत साथ आफूलाई नदिएको भन्दै चिन्ता व्यक्त गरेको थिए । 

कार्यक्रममा महेन्द्र मोरङ क्याम्पस विराटनगर, समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्यायले पुस्तकालय दिवसको सन्दर्भमा, पुस्तकालयको उद्देश्य र महत्वको बारेमा प्रस्तावपत्र प्रस्तुत गरेका थिए । उनले आफ्नो क्याम्पसको पुस्तकालय भवन जीर्ण भएरकोले विद्यार्थीहरू पठनपाठन गर्नबाट वञ्चित भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।  

सोही क्रममा साहित्यकार बाबुराम पोखरेल, पुस्तकालयकर्मी सागर पोखरेलले विराटनगर र यसभन्दा बाहिरका विभिन्न पुस्तकालयहरूको नाजुक अवस्थाको बारेमा चित्रण गर्दै तिनको संरक्षण। सम्बर्धनमा सघाउन पु¥याउन स्थानीय, प्रदेश र संघीय तीनैवटा सरकारहरूले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

आयोजक संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आमन्त्रित सबैलाई स्वागत गर्दै पुस्तकालयको नियमित सञ्चालन र व्यवस्थापन गर्न विररराटनगर महानगरपालिका र प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उचित ध्यान दिन आग्रह गरे । कार्यक्रमको अध्यक्षता पुस्तकालयका कार्यवाहक अध्यक्ष शिवबहादुर कार्की र सञ्चालन सहकोषाध्यक्ष विनोद सुवेदीले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक, युवा, र वयस्क तथा पुस्तकालयकर्मीहरूको सहभागिता रहेको थियो ।   

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला