Live
| बुधबार, जेठ २०, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको भूमिका असाधारण ः केपी ओली 

2024 Jan 13 2:36 PM 68

विज्ञापन

Birat Cancer Hospital
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको भूमिका असाधारण ः केपी ओली 
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक संगठन र संस्थासंग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त विर्सन नहुने बताएका छन् । उनले आफ्नो अस्थित्व सहित अरुसंग सहकार्य गर्न र सहभागीता जनाउन निर्देशन दिएका छन् । अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् । उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् । तपाईहरुको क्षेत्रमा आफै विज्ञ हो उनले भने, राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन । अध्यक्ष ओलीले तल्लो स्तर सम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन पनि निर्देशन दिए । एमाले अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरके परिवर्तनमा ठुलो योगदान गरेका बताए । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ । २००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उहाँले स्मरण गर्दै त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको बताए । नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनको भनाई छ । पुरुषहरु अवसरको पछि लाग्दा महिला नेता कार्यकर्तामा राजनीतिक स्पष्टता र आत्मविश्वास देखेर आफु निकै खुसी भएको ओलीले सुनाए । अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिइन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले केही जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्ने सुझाव दिए । अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उनको भनाई थियो । बैठकले आगामी तीन महिना संगठन सुध्रिढीकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकमा देशभरीवाट अनेमसंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो