युरिया डिएपी जस्ता रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने उनको भनाई छ । ‘युरिया डिएपीको विकल्पको रुपमा प्रयोग गर्नु पर्छ, सिक्किमले रासायनिक मल निषेध गरिसक्यो ,’उनले भने,‘ हामीले तीन ठाउँमा प्राङ्गारिक मलको प्रयोग गर्दा युरिया डिएपी बराबरकै धान फल्यो, त्यहाँ कुनै रोगब्यादी पनि लागेन ।’ राज्यले योजना बनाउने हो भने तीन वर्षमा नेपाललाई रासायनिक मल मुक्त गर्न सकिने उनको भनाई छ । ‘युरिया डिएपी खरिदका लागि छुट्याएको बजेट बराबरको लगानी गरे तीन वर्ष भित्र पर्याप्त प्राङ्गरिक मल उत्पादन हुन्छ,’ उनले भने,‘ उत्पादन लागत सस्तो छ, प्रभावकारिता रासायनिक मल बराबर छ, फाइदा धेरै हुन्छ ।’
कोशी प्रदेश सांसद गयानन्द मण्डलले प्राङ्गरिक मलको प्रयोगमा राज्यले किसानलाई सहयोग गर्ने बताए । उनले भने ‘रासायनिक मलबाट मुक्त हुन प्राङ्गरिक मलको प्रयोग आवश्यक छ,’ १० करोड लागतमा जीवन विकासले स्थापना गरेको उद्योगको क्षमता दैनिक आठ टनसम्म प्राङ्गरिक मल उत्पादन गर्नेछ । १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ ।
उद्योगबाट बायोग्यास भन्दा पनि मल उत्पादनमा जोड दिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्राङ्गरिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुन्छ ।
सोही क्रममा किसानले उत्पादन गरेको दूध सङ्कलनका लागि जीवन विकास डेरीको दूध संकलन केन्द्रको पनि उद्घाटन गरिएको थियो ।
सिलिन्डरमा बायोग्यास
तीन हजार घनमिटरको डाइजेस्ट उद्योगबाट प्राङ्गरिक मलसँगै बायोग्यास पनि उत्पादन गरिरहेको छ । यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्छन् ।मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो रहेको उनको दाबी छ ।
ग्यास र मल उत्पादनका लागि उद्योगले किसानबाट गोबर र अन्य कच्चा पदार्थ खरिद गरिरहेको छ । बायोग्यास प्रमुख मण्डलका अनुसार उद्योगका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसी फर्मबाट गोबर संकलन हुन्छ ।
संकलन भएको गोबरसहितका कच्चा पदार्थबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट प्युरीफीकेसन हुँदै स्वचालित कम्प्रेसर मेसिनबाट सिलिन्डरमा ग्यास भरिन्छ । यसरी उत्पादन भएको ग्यास जीवन विकास डेरी र दूध वाला डेरी फर्मले प्रयोग गर्छ । ती उद्योगले एलपीजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन् । दूध वाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलपीजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताए । ‘एलपीजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘ साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ ।’
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको छ । प्रयोग गर्न पनि सहज भएको उनको अनुभव छ । ‘पहिला हामी दाउरा प्रयोग गथ्र्यौँ, जसका लागि एउटा लेबर छुट्टै चाहिन्थ्यो,’उनले भने,‘बायोग्यास जोडेपछि लेबर कष्ट जोगियो, काम गर्न पनि सजिलो भयो, दूध स्टीम(तताउन) गर्न धेरै छिटो हुन्छ, धुवा धुलो रहितपनि भयो ।’ प्राङ्गारिक मल तथा बायोग्यास सञ्चालनमा
युरिया डिएपी जस्ता रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने उनको भनाई छ । ‘युरिया डिएपीको विकल्पको रुपमा प्रयोग गर्नु पर्छ, सिक्किमले रासायनिक मल निषेध गरिसक्यो ,’उनले भने,‘ हामीले तीन ठाउँमा प्राङ्गारिक मलको प्रयोग गर्दा युरिया डिएपी बराबरकै धान फल्यो, त्यहाँ कुनै रोगब्यादी पनि लागेन ।’ राज्यले योजना बनाउने हो भने तीन वर्षमा नेपाललाई रासायनिक मल मुक्त गर्न सकिने उनको भनाई छ । ‘युरिया डिएपी खरिदका लागि छुट्याएको बजेट बराबरको लगानी गरे तीन वर्ष भित्र पर्याप्त प्राङ्गरिक मल उत्पादन हुन्छ,’ उनले भने,‘ उत्पादन लागत सस्तो छ, प्रभावकारिता रासायनिक मल बराबर छ, फाइदा धेरै हुन्छ ।’
कोशी प्रदेश सांसद गयानन्द मण्डलले प्राङ्गरिक मलको प्रयोगमा राज्यले किसानलाई सहयोग गर्ने बताए । उनले भने ‘रासायनिक मलबाट मुक्त हुन प्राङ्गरिक मलको प्रयोग आवश्यक छ,’ १० करोड लागतमा जीवन विकासले स्थापना गरेको उद्योगको क्षमता दैनिक आठ टनसम्म प्राङ्गरिक मल उत्पादन गर्नेछ । १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ ।
उद्योगबाट बायोग्यास भन्दा पनि मल उत्पादनमा जोड दिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्राङ्गरिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुन्छ ।
सोही क्रममा किसानले उत्पादन गरेको दूध सङ्कलनका लागि जीवन विकास डेरीको दूध संकलन केन्द्रको पनि उद्घाटन गरिएको थियो ।
सिलिन्डरमा बायोग्यास
तीन हजार घनमिटरको डाइजेस्ट उद्योगबाट प्राङ्गरिक मलसँगै बायोग्यास पनि उत्पादन गरिरहेको छ । यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्छन् ।मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो रहेको उनको दाबी छ ।
ग्यास र मल उत्पादनका लागि उद्योगले किसानबाट गोबर र अन्य कच्चा पदार्थ खरिद गरिरहेको छ । बायोग्यास प्रमुख मण्डलका अनुसार उद्योगका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसी फर्मबाट गोबर संकलन हुन्छ ।
संकलन भएको गोबरसहितका कच्चा पदार्थबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट प्युरीफीकेसन हुँदै स्वचालित कम्प्रेसर मेसिनबाट सिलिन्डरमा ग्यास भरिन्छ । यसरी उत्पादन भएको ग्यास जीवन विकास डेरी र दूध वाला डेरी फर्मले प्रयोग गर्छ । ती उद्योगले एलपीजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन् । दूध वाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलपीजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताए । ‘एलपीजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘ साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ ।’
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको छ । प्रयोग गर्न पनि सहज भएको उनको अनुभव छ । ‘पहिला हामी दाउरा प्रयोग गथ्र्यौँ, जसका लागि एउटा लेबर छुट्टै चाहिन्थ्यो,’उनले भने,‘बायोग्यास जोडेपछि लेबर कष्ट जोगियो, काम गर्न पनि सजिलो भयो, दूध स्टीम(तताउन) गर्न धेरै छिटो हुन्छ, धुवा धुलो रहितपनि भयो ।’ ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11