Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

समाजसेवी गोयलको सहयोगमा झापा अदालतमा न्यायकी देवीको मूर्ति

2024 Jan 16 10:39 AM 165

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी गोयलको सहयोगमा झापा अदालतमा न्यायकी देवीको मूर्ति
झापा । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलको सहयोगमा जिल्ला अदालत झापामा निर्माण भएको न्यायकी देवीको मूर्तिको आइतवार अनावरण गरिएको छ । अदालतका प्राङ्गणमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उच्च अदालत विराटनगरअन्तर्गतको इलाम इजलासमा मुख्य भई काम गर्ने न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्ने तले संयुक्त रूपमा अनावरण गरेका हुन् ।  

  मूर्तिकार अभिषेक तिमिल्सिनाले निर्माण गरेको मूर्ति ६ फिट अग्लो छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मुख्य भई काम गर्ने न्यायाधीश पौडेलले न्यायाधीशले मात्र न्यायसम्पादन गर्न नसक्ने उल्लेख गर्दै यसमा वकिल, सरकारी वकिल, कर्मचारी, जनसमुदाय सबैको भूमिका रहने धारणा प्रकट गरे । न्यायाधीश पौडेलले अदालतको न्यायसम्पादनप्रति अन्य क्षेत्रबाट पनि चासोका साथ हेर्न र सकारात्मक आलोचना हुन थालेको बताए । जिल्ला न्यायाधीश बस्नेतले मूर्तिका दाताको अदालतसित कुनै पनि प्रकारको स्वार्थ र सम्बन्ध नभएको स्पष्ट पारे । न्यायाधीश बस्नेतले अदालतलाई कस्तो प्रकारको सेवा लिने वा नलिने भन्ने विषयमा असजिलो अनुभव हुने चर्चा गर्दै मूर्तिदाता गोयलको कुनै स्वार्थ नभएकाले मूर्तिग्रहण गरिएको जानकारी दिए । बस्नेतले न्यायकी देवीले सेवाग्राहीमा न्याय पाएको अनुभूति गराउन र सेवाप्रदायकमा निष्पक्ष र विवेकपूर्ण न्याय प्रदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।  

  वरिष्ठ समाजसेवी गोयलले भद्रपुर आफ्नो जन्मस्थल भएको हुँदा आफूलाई यहाँको भूमिमा सधैँ सेवा गर्ने इच्छा भइरहने बताए । समाजसेवी गोयलले आफू कामविशेषले बाहिरबाहिर रहने भए पनि आफू हुर्केबढेको र पढेको ठाउँ भद्रपुरप्रति सधैँ ऋणी, आभारी र कृतज्ञ भइरहने चर्चा गरे । कार्यक्रममा न्यायाधीशद्वय पौडेल र बस्नेतले समाजसेवी गोयललाई सम्मानपत्र प्रदान गरे । नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्याय भनेको अनुभूति हो भन्ने धारणा राख्तै यस अदालतमा आइपुग्ने सबैले आफूले पाएको न्यायप्रति सन्तोष गर्ने ठाउँ हुनपर्ने जिकिर गरे । उनले न्यायकी देवीको मूर्तिले न्यायकर्मी, कानुनव्यवसायी, सेवा ग्राही र अन्य सबैमा निष्पक्ष न्यायका लागि प्रेरणा दिने विश्वास प्रकट गरे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला