Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

एमाले बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्र ७ मा मुसहर बस्तिका ९६ जना विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण

2024 Jan 19 8:39 PM 136

विज्ञापन

Birat Cancer Hospital
एमाले बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्र ७ मा मुसहर बस्तिका ९६ जना विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण
सुनसरी । नेपाल कम्युनिस्ट पार्टी एमाले बराहक्षेत्र नगर कमिटिले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहित बिपन्न मुसहर बस्तिका परिवारलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । बराहक्षेत्र ७ मा रहेको हनुमानझोडा आधारभूत विद्यालयमा अध्ययनरत दलित तथा मुसहर बस्तिका ९६ जना विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको हो। त्यस्तै विद्यालय क्षेत्र आसपास रहेका मुसहर र दलित बस्तिका बिपन्न र निम्न आय भएका ७२ जना ब्यक्तिहरु सहित कुल १ सय ६८ थान जाडोको लागि न्यानो कपडा वितरण गरेको नेकपा एमाले युवा नेता विवेक श्रेष्ठ ले जानकारी दिए । न्यानो कपडा वितरणको लागि विद्यालयको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य जगदिस कुसियतले आफ्नो पार्टीले बिगतदेखि नै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्ति, स्टेसनरी सामाग्री तथा जाडोको लागि न्यानो कपडा वितरण गर्दै आइरहेको बताउँदै बराहक्षेत्र ७ को मुसहर तथा दलित बस्तिको बिचमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अधिकाँश गरिब तथा बिपन्न परिवारबाट अध्ययनका लागि आउने हुँदा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा यस क्षेत्रका बिपन्न परिवारलाई जाडोको लागि कपडा वितरण गरिएको बताए । साथै उनले न्यानो कपडा वितरण कुनै राजनैतिक उदेश्यको लागि गरिएको नभैइ मानवीय सहयोग गर्ने पार्टीको नीति र सिद्धान्त अनुरुप सहयोग गरिएको बताए । हनुमानझोडा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नम्बर ७ का वडा सदस्य धन बहादुर तामाङको अनुरोधमा नेकपा एमाले बराहक्षेत्रले आन्तरिक रुपमा सहयोग उठाएर यहाँको विद्यालय तथा दलित बस्तीमा जाडोको लागि न्यानो कपडा वितरण गरेको नेकपा एमाले जिल्ला सदस्य रुद्र दाहालले बताए । नेकपा एमाले बराहक्षेत्रले गरेको न्यानो कपडा वितरण कार्यक्रममा केन्द्रिय सदस्य जगदीश कुसियत, क्षेत्रीय कमिटी सचीव हरि बहादुर पौडेल, जिल्ला सदस्य रुद्र दाहाल, नगर अध्यक्ष सीता भन्डारी पौडेल, बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्दकुमारी सुनुवार, स्थानीय युवा नेता अमृत भुजेल, मनोज कटुवाल, पाण्डव राई, १ नम्बर वडा अध्यक्ष किसन थापा, २ नम्बर वडा अध्यक्ष होम प्रसाद गौतम लगायत विद्यार्थी, शिक्षक र स्थानीयहरुको सहभागीता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न