Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

माहेश्वरी महिला मञ्च विराटनगरले प्रदान गर्यो वाटर फिल्टर प्रति दिन २ हजारले लाभ पाउने

2024 Jul 4 6:23 AM 164

विज्ञापन

Birat Cancer Hospital
माहेश्वरी महिला मञ्च विराटनगरले प्रदान गर्यो वाटर फिल्टर प्रति दिन २ हजारले लाभ पाउने
विराटनगर ।  माहेश्वरी महिला मञ्च विराटनगरले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको छ ।  मञ्चले विद्यालयका विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा यस्तो प्लान्ट राखेको हो । कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालयभित्र र बाहिर दुबैतिरका धाराबाट एक दिनमा २ हजार जनाले लाभ पाउन सक्ने मञ्चले जनाएको छ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार दुबै ठाउँमा जडित प्लान्टको उदघाटन गरिन् । उपप्रमुख कार्कीले केही समययता मञ्चले गरेका सेवाकार्यमा आफू उपस्थित भएको उल्लेख गर्दै यसबाट प्रभावित रहेको बताइन् । मञ्चका अध्यक्ष राठीले यस परियोजनामा फिल्टर भएको १५ सय लिटर पानी अट्ने स्टोरेज ट्यांक राखिएको र गर्मी महिनामा चिसो पानी उपलब्ध हुने गरी निर्माण गरिएको जानकारी दिइन् । प्लान्टमा ५ तहको फिल्टर भएको र यसले पिउनयोग्य आरओ र युभी सहितको उत्पादन गर्ने अध्यक्ष राठीको भनाइ छ । राठीका अनुसार फिल्टरको प्रति घण्टा १२० लिटर पानी उत्पादन गर्ने क्षमता छ । मञ्चले प्रदान गरेको फिल्टर प्लान्टको मर्मतसम्भार र रेखदेखको काम विद्यालय व्यवस्थापनले गर्ने सहमति भएको छ । कार्यक्रममा अध्यक्ष राठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाहले सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान समेत गरे । विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेले केही दिन अघिको गर्मीमा विद्यार्थीहरू पर्याप्त पिउने पानी नपाएर अप्ठेरोमा परेको बताए । प्रअ घिमिरेले चर्को गर्मीमा विद्यार्थीहरू प्यासले छट्पटिइरहेका बेला मञ्चका अध्यक्ष राठी र उहाँको समूह आएर पिउने पानीको प्लान्ट राखिदिन्छु भन्दा आफूलाई जलदेवता आएजस्तै लाग्यो भन्ने धारणा व्यक्त गरे । कार्यक्रममा महानगरको वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेल र माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले आआयाम काबराले आआफ्नो विचार व्यक्त गरे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला