फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
रविले आफूविरुद्ध परेको उजुरीको आज स्पष्टीकरण बुझाउँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बुधबार स्पष्टिकरण बुझाउनै पर्ने भएको छ । उनीविरुद्ध परेको दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनु पर्ने भएको हो । स्पष्टीकरण दिउँसो १ बजे स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ । लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । […]

पहाडी भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

विराटनगर । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका कोशी प्रदेशसहितका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यत: मौसम सफा रहनेछ। भोलि पनि देशका पहाडी […]

मिसन ग्रासरूट अन्तरगत उदयपुरमा प्रेस चौतारी र एमालेको विशेष कार्यक्रम

गाइघाट: मिसन ग्रासरूट अभियान अन्तरगत प्रेस चौतारी उदयपुरको संगठन सुदृढीकरण कार्यशाला तथा पूर्ण बैठक सम्पन्न भएको छ। उदयपुरको कटारीमा चौतारीको संगठन सुदृढीकरण कार्यशाला तथा पुर्ण बैठक सम्पन्न भएको हो । भेलाबाट प्रेस चौतारीको जिल्ला अध्यक्षको जिम्मेवारी पुरूषोतम सापकोटाले पाउनु भएको छ । यस्तै उपाध्यक्ष पदमा राकेश नेपाली र सचिवमा अन्जनीकुमार अधिकारीले जिम्मेवारी प्राप्त गर्नु भएको […]

सरकारले हवाई भाडा घटायो

काठमाडौं । सरकारले हवाई भाडा घटाएको छ । इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको हो । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडान भाडा सबैभन्दा धेरै ४४० रुपैयाँ घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम […]

एमालेबाट मन्त्री भएका सबै मधेश प्रदेश सरकारबाट बाहिरिए

जनकपुर । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुघनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् । […]

डिजल, मट्टीतेल, हवाई इन्धन र पेट्रोलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्रोलको भाउ आजदेखि घटाएको छ । निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ । अब डिजल र मट्टीतेलको खुद्रा […]

तीन निर्वाचन क्षेत्रमा ६९ जना उम्मेद्वार चुनावी मैदानमा

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका ६९ जनाले उम्मेदवारी दिएका छन् । ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं १ मा नौ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ३६ जनाले उम्मेदवारी मनोनयन दर्ता […]

नेपाल उत्पीडित जातिय मुक्ति समाज खाँदबारी –७ को भेला सम्पन्न

खाँदबारी । नेपाल उत्पीडित जातिय मुक्ति समाज खाँदबारी नगरपालिकाको वडा नम्बर ७ स्तरीय भेला सम्पन्न भएको छ । एमालेको मिसन ग्रासरुट अन्तर्गत भएको भेलाले कमिटी पनि गठन गरेको छ । मिसन ग्रासरुट अभियानको सिलसिलामा खादबारी ७ मा मुक्ति समाजको वडा कमिटी गठन भएको नेता खड्ग राईले जानकारी दिनु भयो ।

एमाले मिसन ग्रासरुट महाअभियान तेह्रथुमको छथरमा सफलतापूर्वक सम्पन्न

तेह्रथुम । नेकपा एमाले मिसन ग्रासरुट महाअभियान अन्तर्गत छथर– ६ सुदाप तेह्रथुममा पार्टी शिबिर सम्पन्न भएको छ । उक्त शिविरमा संगठित सदस्य नवीकरण,नया सदस्यता आवेदन फर्म दर्ता,बृद्ध तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, उत्पादनसँग जोडिएका व्यवसायीलाई सम्मान कार्यक्रम, प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश कमिटी सचिबालय सदस्य लक्ष्मण तिवारी, छथर गाउपालिका […]

गोली प्रहार गर्ने र घाइते दुवै लागुऔषध कारोबारी भएको खुलासा

विराटनगर । सीमावर्ती क्षेत्र जोगवनीमा लागुऔषध कारोबारीले अर्का एक कारोबारीलाई गोली हानेकोे खुलेको छ । गोली चल्दा एक जना घाइते भएका छन् । गोली हान्ने र गोली लागेर घाइते भएका दुवैजना लागुऔषध कारोबार गर्ने गिरोहका सदस्य भएको खुलेको छ । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा गोली चलेको हो । सोमबार […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.