गोली प्रहार गर्ने र घाइते दुवै लागुऔषध कारोबारी भएको खुलासा

विराटनगर । सीमावर्ती क्षेत्र जोगवनीमा लागुऔषध कारोबारीले अर्का एक कारोबारीलाई गोली हानेकोे खुलेको छ । गोली चल्दा एक जना घाइते भएका छन् । गोली हान्ने र गोली लागेर घाइते भएका दुवैजना लागुऔषध कारोबार गर्ने गिरोहका सदस्य भएको खुलेको छ । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा गोली चलेको हो ।
सोमबार बिहान गोली प्रहार हुँदा ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ । भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
Leave a Reply