डिजल, मट्टीतेल, हवाई इन्धन र पेट्रोलको भाउ घट्यो

डिजल, मट्टीतेल, हवाई इन्धन र पेट्रोलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्रोलको भाउ आजदेखि घटाएको छ । निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ ।

अब डिजल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाएर एक सय ७५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपालमा नघटेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । निगमले लिटरमै १० रुपैयाँ भाउ घटाएपछि अब सार्वजनिक गाडीको भाडा पनि घट्ने छ । पेट्रालियम पदार्थको भाउ पाँच प्रतिशतले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.