राजनीति, विश्व, समाचार
सुरक्षा खर्चमा ५४ अर्ब डलर वृद्धि गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  सुरक्षा खर्चका लागि ऐतिहासिक वृद्धि गर्ने घोषणा गरेका छन्। ह्वाइट हाउसले पेन्टागनका लागि अहिलेको बजेटमा झण्डै १० प्रतिशत अर्थात् करिब ५४ अर्ब डलर वृद्धि गर्न ट्रम्पले चाहेको बताएको छ । उनले आफ्नो प्रशासनले अर्को महिना बजेटको पहिलो प्रस्ताव संसदमा पेश गर्ने बताए। राष्ट्रपति ट्रम्पले योजना गरेको बजेटलाई संसदले अनुमोदन गर्नुपर्नेछ। सन् २०१० यता […]

नयाँ दलले चुनावमा भाग लिन नपाउने

स्थानीय तहको चुनावमा माघको १७ गतेसम्ममा दर्ता भएका बाहेक राजनीतिक दलले भाग लिन नपाउने भएका छन्। जिल्लागत रुपमा दलको उपस्थितिको विवरण लिइसकिएकाले त्यसैलाई आधार मानेर फरक-फरक मतपत्र बनाइने  निर्वाचन आयोगले जनाएको छ। आयोगमा दर्ता भएका दलको संख्या ११० रहेको छ भने जिल्लागत हिसाबले मनाङमा सबैभन्दा कम संख्यामा दलले स्थानीय निर्वाचनमा भाग लिने छन्।      निर्वाचन आयोगले वैशाख ३१ […]

३० हजार लिटर विदेशी मदिरा दैनिक नेपाल भित्रिदै

मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन् । यसबाहेक ‘ड्युटी […]

दक्षिण कोरियालाई चाहियो १० हजार २ सय नेपाली कामदार , इपीएस परिक्षा फारम चैत ९ गते

दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत आगामी वर्ष १० हजार २ सय कामदार लाने निर्णय गरेका छ। कोरियाको मानव संशाधन विभागले इपीएस शाखालाई १० हजार २ सय कामदारको कोटा छुट्याएपछि नेपालबाट कामदारको माग गर्ने निर्णय गरेको हो। इपिएस परिक्षाबाट उतिर्ण गर्ने मध्येबाट ६ हजार २ सय कृषिमा ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा लगाइने बताइएको छ। यो वर्ष […]

कृत्रिम वर्षा, अब प्रकृतिमा मात्र निर्भर रहेन वर्षा

काठमाडौं । बादललाई प्राचीनकालदेखि नै मौसमको भविष्यबाणी गर्ने आधार पनि मानिन्छ । रहने ठाउँ र कामका आधारमा माथिल्लो, मध्यवर्ती र तल्लो गरी बादललाई तीन समूहमा वर्गीकरण गरिन्छ । पृथ्वीबाट दुई किलोमिटरसम्मको उचाइमा रहेकोलाई तल्लो बादल भनिन्छ । आकाशमा विभिन्न थरीका बादल देखिन्छन् । बादलबाट वर्षा हुन्छ । बादल बन्नमा पनि पानीकै प्रमुख भूमिका हुन्छ । […]

स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र : सामान्य प्रशासनमन्त्री बुढाथोकी

पाँचथर । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । फिदिम जिल्लाको जोरपोखरीमा आयोजित नेपाल शिक्षक सङ्घको क्षेत्रीय भेलामामा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री बुढाथोकीले  एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको मन्त्री बुढाथोकीको आरोप थियो । “संविधान […]

पृथ्वीजत्रै सात ग्रह, जीवनको अस्तित्व रहेको अनुमान

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्। जीवनको अस्तित्व रहेको अनुमान खगोलशास्त्रीले […]

आज ग्याल्पो ल्होसार पर्व मनाईंदै

काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ  । जसअनुसार हिजो बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लागेको छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा […]

चार दिनदेखि अनशनमा बसेका पत्रकारको स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं- नेपाल पत्रकार महासंघ सदस्यता अपारदर्शी ढंगले वितरण गरिएको भन्दै सदस्यता शुद्धीकरण गर्नुपर्ने तथा राजनीतिक भागबन्डाका आधारमा महासंघको सदस्यता वितरण रोकेर सदस्यता शुद्धिकरण पछि मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी पाँचथर शाखाका सदस्य प्रेम अधिकारी आमरण अनशन बसेको चार दिन बित्दासमेत नेपाल पत्रकार महासंघको नेतृत्व बेखबर बनेको छ । चार […]

तिब्र आलोचना भइरहेको बेला राजदूत सिफारिस फिर्ता

 काठमाडौं । राजदूत सिफारिस प्रकरण विवादमा परेका बेला सरकारले सयुक्त अरव इमिरेट्स र ओमनका लागि सिफारिस दुई राजदूतको सिफारिस रद्द गरेको छ। व्यवसायिक स्वार्थ जोडिएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेकोमा आलोचना भइरहेका बेला सरकारले सिफारिस निर्णय प्रमाणीकरण क्रममै राजदूत सिफारिस फिर्ता गरेको समाचार प्रकाशित भएको छ। समाचार अनुसार मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.