काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् ।
भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार हिजो बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लागेको छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।