स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र : सामान्य प्रशासनमन्त्री बुढाथोकी

स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र : सामान्य प्रशासनमन्त्री बुढाथोकी

पाँचथर । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । फिदिम जिल्लाको जोरपोखरीमा आयोजित नेपाल शिक्षक सङ्घको क्षेत्रीय भेलामामा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री बुढाथोकीले  एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको मन्त्री बुढाथोकीको आरोप थियो ।

“संविधान बाइबल र गीता होइन यो संशोधन हुँदै जान्छ”, उहाँले भन्नुभयो – “तर संशोधनको सबैभन्दा ठूलो बाधक एमाले बनेको छ ।” मन्त्री बुढाथोकीले संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाउनुभयो ।

मन्त्री बुढाथोकीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गरी मुलुकलाई निकास दिने दाबी गर्नुभयो । मन्त्री बुढाथोकी  सहभागी हुन पाँचथर आइपुग्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.