तिब्र आलोचना भइरहेको बेला राजदूत सिफारिस फिर्ता

तिब्र आलोचना भइरहेको बेला राजदूत सिफारिस फिर्ता

 काठमाडौं । राजदूत सिफारिस प्रकरण विवादमा परेका बेला सरकारले सयुक्त अरव इमिरेट्स र ओमनका लागि सिफारिस दुई राजदूतको सिफारिस रद्द गरेको छ। व्यवसायिक स्वार्थ जोडिएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेकोमा आलोचना भइरहेका बेला सरकारले सिफारिस निर्णय प्रमाणीकरण क्रममै राजदूत सिफारिस फिर्ता गरेको समाचार प्रकाशित भएको छ।

समाचार अनुसार मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको हो।

सरकारले फागुन ९ गते विभिन्न १४ देशमा राजदूत सिफारिस गरेको थियो । मन्त्रिपरिषदले युएईका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसालको नाम सिफारिस गरेको छ।

यसैगरी श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, ओमानका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

सरकारले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गर्दै त्यहाँ पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय समेत गरेको थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *