चार दिनदेखि अनशनमा बसेका पत्रकारको स्वास्थ्य अवस्था कमजोर बन्दै

चार दिनदेखि अनशनमा बसेका पत्रकारको स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं- नेपाल पत्रकार महासंघ सदस्यता अपारदर्शी ढंगले वितरण गरिएको भन्दै सदस्यता शुद्धीकरण गर्नुपर्ने तथा राजनीतिक भागबन्डाका आधारमा महासंघको सदस्यता वितरण रोकेर सदस्यता शुद्धिकरण पछि मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी पाँचथर शाखाका सदस्य प्रेम अधिकारी आमरण अनशन बसेको चार दिन बित्दासमेत नेपाल पत्रकार महासंघको नेतृत्व बेखबर बनेको छ ।

चार दिनदेखि अनशनमा बसेका पत्रकारद्वयको स्वास्थय अवस्था कमजोर बन्दै गएको छ । पत्रकारद्वय ढुंगाना र अधिकारी अमरण अनशन सुरु गर्दा काठमाडौंमा रहेको महासंघको नेतृत्व उनीहरुको भद्र अवज्ञालाई बेवास्ता गर्दै देश दौडाहमा लागेको छ ।

तर पत्रकारद्वयको स्वास्थ्य अवस्था नाजुक हुँदै गर्दा समेत उनीहरुसँग कुनै छलफल र वार्तासमेत गर्न इच्छा देखाएको छैन । उनीहरुले इलाम र ताप्लेजुङ अधिवेशन विधानविपरीत धाँधलीपूर्ण तरिकाले गरिएको दाबी गरेका छन् ।

त्यसलाई खारेज गरी केन्द्रीय प्रतिनिधिहरु खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्नुपर्ने, राजनीतिक भागबन्डाको आधारमा सदस्यता वितरण तत्काल रोक्नुपर्ने, विधानबमोजिम नयाँ सदस्यता नवीकरण र स्थानान्तरणको अन्तिम टुंगो लगाएपछि मात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोक्नुपर्ने लगायत चारबुँदे माग उनीहरुको माग छ, देशान्तरमा खबर छ ।

नेपाल पत्रकार महासंघको उच्च नेतृत्वले नेपाल महासंघको सदस्यता जथाभावी वितरण गर्न लागेपछि नेपाल प्रेस युनियनसँग विवादित जिल्लाको समस्या समाधान गरेर मात्र जिल्ला अधिवेशन गर्ने सहमति गरे पनि इलाममा जबर्जस्ती अधिवेशन गरिएको छ ।

इलाममा नेपाल पत्रकार महासंघको सदस्यता पाएर नगरपालिकामा चौकीदारको काम गर्दै आएका थिए । तर महासंघको नेतृत्व उनीहरुको माग पूरा गर्ने भन्दा पनि अधिवेशनका नाममा जबर्जस्ती नाम टाँसेर आए पनि उनीहरु बाध्य भएर अनशन बस्नुपरेको बताउँदै आएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *