नयाँ दलले चुनावमा भाग लिन नपाउने

नयाँ दलले चुनावमा भाग लिन नपाउने

स्थानीय तहको चुनावमा माघको १७ गतेसम्ममा दर्ता भएका बाहेक राजनीतिक दलले भाग लिन नपाउने भएका छन्।

जिल्लागत रुपमा दलको उपस्थितिको विवरण लिइसकिएकाले त्यसैलाई आधार मानेर फरक-फरक मतपत्र बनाइने  निर्वाचन आयोगले जनाएको छ। आयोगमा दर्ता भएका दलको संख्या ११० रहेको छ भने जिल्लागत हिसाबले मनाङमा सबैभन्दा कम संख्यामा दलले स्थानीय निर्वाचनमा भाग लिने छन्।

     निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको चुनावको तयारीमा लागिरहेको  दलहरुको संख्या यकिन गरी सोहीअनुरुप मतपत्र तयार पार्ने योजना बनाएको छ। संविधानको धारा २६९ को व्यवस्था अनुसार दल दर्ताको काम पुस र माघ महिनामै सकेको आयोगले अहिले धारा २७१ को व्यवस्था अनुरुप दल दर्ताको काम गरिरहेको बताएको छ।  आसन्न स्थानीय तहको चुनावमा ११० वटा दलले मात्रै भाग लिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.