फल्यास न्यूज, रोचक प्रसंग, समाचार, समाज
आज महाशिवरात्री- शिवको पूजाराधना गरी देशभर मनाइँदै

काठमाडौं ।  महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, […]

जीएमआरको कार्यालयमा बम विस्फोट-तीन जना पक्राउ

सुर्खेत । माथिल्लो कर्णाली जल विद्युत आयोजनाको प्रवद्र्धक जीएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । समूहले आयोजना निर्माण साईट दैलेख र सुर्खेतको खजुरा स्थित कार्यालयमा गए राती (शनिबार) करिब १० बजे वम विस्फोट गराएको हो । वम विस्फोटबाट मानविय क्षति नभएपनि कार्यालयको सुरक्षा पोष्टमा डेढ फिट सुरुङ्ग पार्नुका साथै झ्यालढोकाका सिसा फुटेको जीएमआरका […]

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित धर्मशाला नजिकको एनसेल टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति १२ बजेतिर टावरमा आगजनी भएकाे प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिनुभयाे। आगजनीबाट टावरमा रहेको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने चारवटा ब्याट्रीमा सामान्य क्षति पुगेकाे छ। जसका कारण टावर सञ्चालन हुन सकेको छैन। टावरमा आगजनी […]

युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने

बिराटनगर । युथ फर ट्र्रान्सफर्मिङ नेपालले कटहरी गाउपालिकामा फाल्गुन ४ गते म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । शान्तिका लागि दौड भन्ने नारा सहित सबैको सहभागिता खेलकुदमा हुन पर्ने जस्ता मुलमन्त्र राखेर कटहरी गाउपालिकाका युवाहरुको संगठनले कटहरी गाउपालिका स्थित जनप्रिय उच्च माध्यामिक बिद्यालयमा म्याराथुन कार्यक्रम अगामी फाल्गुन ४ गते बिहान ७ बजे देखि शुरु हुने […]

सिँचाइ सचिव रामानन्द यादवको मृत्यु

धादिङका बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा सवारी दुर्घटना हुदाँ नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ जादै गरेको बा.२ झ ३१४० नं को जीप सलाङघाटबाट आज बिहान त्रिशूली नदी खस्दा सचिव यादव त्रिशूली नदीमा मृत अवस्थामा भेट्टिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले जानकारी […]

पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि पर्‍योः प्रचण्ड

चितवन  । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि परेको वताउनुभएको छ । नेपाल अण्डा उत्पादक संघको अधिवेशन उद्घाट तथा भवन शिलन्याश कार्यक्रमको आज चितवनको रामनगरमा उद्घाटन गर्दै प्रचण्डले सवै मिलेर देशभित्रको वेतिथि अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले देश निर्माणको समय आएकाले सवै मिलेर मात्रै देशलाई संमृद्ध […]

प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ

मकवानपुर । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आज दिउँसो १ बजेसम्म समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठको प्रस्तावक माओवादी सांसद शालिकराम जमरकट्टेल र समर्थक एमाले सांसद रामेश्वर फुँयाल छन् । श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को क बाट […]

भिजन र मिसन भएका प्रदेश सभाका एक युवा उम्मेदवार– गणेशराज बिष्ट(सुधन) निर्वाचत क्षेत्र नंं. ६(ख) प्रदेश सभा

भएको साधन स्रोतलाई पुर्णरुपमा प्रयोग गरे मात्र ६० प्रतिशत बिकासमा टेवा पुग्ने दाबि–मोरगं निर्वाचन क्षेत्र नंं. ६(ख) प्रदेश सभा गणेशराज बिष्ट(सुधन)) बुवा उपेन्द्रराज बिष्ट र आमा रत्न तिवारी बिष्टका दुई छोरा मध्ये कान्छा छोरा गणेशराज बिष्ट(सुधन) बिराटनगर–७, हाटखोला निबासी एक सफल होटल ब्यबसायी हुन् । कमाई राम्रै थियो, पैसा पनि राम्रै कमाई थियो र युरोप […]

कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै

उर्लाबारी  । उर्लाबारी चोकमा शिक्षक समेत रहेका कांग्रेसका एक जना सक्रिय कार्यकर्ताले भेटेजति सबैलाई एउटै प्रश्न गरिरहेका थिए ।    उनको सवाल थियो–‘मोरंग क्षेत्र नम्बर–१मा वाम गठबन्धनले कति मतको अन्तरले जित हात पार्छ ? ’ उनको यही सोधाइबाट कांग्रेस हार्दैछ भन्ने मनोविज्ञान बुझन  सकिन्थ्यो । ‘बृहत आमसभा’भनेर गाँउगाँउबाट कार्यकर्ता र समर्थक जुटाउदा पनि क्षेत्र नम्बर […]

गाली हैन,विकासका एजेण्डामा प्रतिस्पर्धा गरौ“– प्रतिनिधीसभा क्षेत्र नम्वर १-वाम गठबन्धनका साझा उम्मेदवार– घनश्याम खतिवडा

उर्लाबारी ।  चुनाव प्रचारप्रसारका क्रममा ठुला ठुला आमसभा गर्ने र विपक्षीलाई भाषण मार्फत विरोध गर्ने कुरा नौलो होईन । अझ झुटा आश्वसन वाडेर भाषण र आप्नो जितपछि आफनो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारहरुको पनि यतिखेर कमी छैन । चुनावी प्रतिस्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारहप्रति आरोप […]