सिँचाइ सचिव रामानन्द यादवको मृत्यु

सिँचाइ सचिव रामानन्द यादवको मृत्यु

धादिङका बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा सवारी दुर्घटना हुदाँ नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ जादै गरेको बा.२ झ ३१४० नं को जीप सलाङघाटबाट आज बिहान त्रिशूली नदी खस्दा सचिव यादव त्रिशूली नदीमा मृत अवस्थामा भेट्टिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले जानकारी दिनुभएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले उहाँको शव पानीबाट बाहिर निकालेको हो । दुर्घटनामा सचिवका यादवका छोरा सञ्जय र एक किशोरी नदीमा बेपत्ता भएका छन् । जीप चालक निराजन यादवलाई घाइते अबस्थामा उद्धारगरी उपचारको लागी काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिनुभएको छ । दुर्घटना भएको जीपलाई गोताखोर टोलीले बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.