कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै

कांग्रेस कार्यकर्ताहरुमा चरम निरासा, युवासंघ र वाइसिएलले दस्ता खटाउदै

उर्लाबारी  । उर्लाबारी चोकमा शिक्षक समेत रहेका कांग्रेसका एक जना सक्रिय कार्यकर्ताले भेटेजति सबैलाई एउटै प्रश्न गरिरहेका थिए ।    उनको सवाल थियो–‘मोरंग क्षेत्र नम्बर–१मा वाम गठबन्धनले कति मतको अन्तरले जित हात पार्छ ? ’ उनको यही सोधाइबाट कांग्रेस हार्दैछ भन्ने मनोविज्ञान बुझन  सकिन्थ्यो । ‘बृहत आमसभा’भनेर गाँउगाँउबाट कार्यकर्ता र समर्थक जुटाउदा पनि क्षेत्र नम्बर १ को उर्लाबारी,राजघाट,मधुमल्ला र लेटाङमा भएका सभाहरु दयनीय देखिएपछि कांग्रेसको स्थानीय नेतृत्व झस्किएको हो । जबकी कांग्रेसको मुख्य प्रतिस्पर्धी ठानिएको एमाले–माओवादीको संयुक्त गठबन्धनले शनिबार मात्र उर्लाबारी चोकमा हजारौँको उपस्थितिमा आमसभा आयोजना गरिसकेको छ । अझ,वाम गठबन्धनको शक्ति प्रदर्शन देखेपछि कांग्रेसका कार्यकर्ताहरु झनै हतोत्सायी बनेका स्थानीय चिया पसलहरुमा चर्चाको विषय बनेको छ । गत स्थानीय चुनावमा रुखमा भोट हालेका केही व्यक्तिहरुलाई पार्टी प्रवेश गराएर ‘पार्टीले जात्रा देखाएको’ भन्दै कांग्रेसकै कार्यकर्ताहरुले आलोचना गरेका छन् । केही दिनअघि राजघाटमा भएको चुनावी सभामा उर्लाबारीका गोपाल कट्वाल र राजघाटका नरबाहादुर मोक्तानसहित आधा दर्जनलाई टिका लगाइ कांग्रेस प्रवेश गराइएको थियो ।

स्थानीय चुनावमा कट्वाल उर्लाबारी–४मा राप्रपाका तर्पmबाट वडाध्यक्ष पदका उम्मेदवार थिए भने मोक्तान उर्लाबारी–९मा स्वतन्त्र रुपमा वडाध्यक्ष पदमा उठेका थिए । उनीहरु वडाध्यक्षका उम्मेदवार रहेपनि मेयरमा भने रुखलाई खुल्मखुल्ला भोट माग्दै हिडेको राप्रपाका नेता÷कार्यकर्ताहरुले बताएका छन् । स्थानीय चुनावमा रुखलाई भोट माग्दै हिड्ने व्यक्ति उर्लाबारी–७ का विमल निरौला पनि हुन्,जो देखावटी रुपमा राप्रपाका ‘प्राज्ञिक व्यक्ति’को रुपमा चिनिदै आएका थिए । उनले पनि कांग्रेस प्रवेश गरेर फेसबुकमा सगर्व लेख्न भ्याए–‘लोकतन्त्रको हिमायती कांग्रेसमा प्रवेश गरियो ।’ उनीहरुको पार्टी प्रवेश स्थानीय स्तरमा हाँसोको विषय बनेको छ । मोरंग क्षेत्र नम्बर–१ को माहोल एकाएक वाम गठबन्धनतर्पm मोडिएपछि नेपाली कांग्रेसले चुनावी तरंग ल्याउन अनेक फण्डा सिर्जना गरिरहेको धेरैको बुझाइ छ । चुनाव हार्ने संकेत बुझेपछि कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डिगबहादुर लिम्बूले कार्यकर्तालाई यस्तो जुक्ति सिकाएका छन्–‘तपाईहरु हरेक चिया पसलमा जानुहोस् । चिया मज्जाले खानुस्÷ख्वाउनुहोस्,पैसा म तिर्छु । डिगबहादुरले लगो लगो भनेर हौवा मच्चाइदिनुहोस् । ’ कांग्रेसको चुनाव जित्ने अर्को हथकण्डा यस्तो पनि पाइयो । माओवादी समर्थकलाई भेट्दा ‘सूर्य चिन्हमा भोट हाल्न तिमीहरुको हात कसरी लाग्छ ? ’ भन्ने अर्कातर्पm एमाले समर्थकलाई भेट्दा ‘तिमीहरुले कसरी हसियाँ हथौडामा भोट हाल्न सक्छौ भनेर सोध्दै भ्रम सिर्जना गर्ने गरेको भेटिएको छ । यस सम्बन्धनमा वामगठबन्धन निर्वाचन परिचालन कमिटीका प्रदेश सभा १ ‘क’सह–संयोजक मानबहादुर श्रेष्ठ भन्छन्–‘कांग्रेसको यो पराजित मानसिकताको उपज हो ।

एमालेले बकाइदा माओवादीलाई भोट हाल्छ,कोही भ्रममा पर्न जरुरी छैन । ’ हसियाँ हथौडामा कसरी भोट हाल्ने भन्ने सन्दर्भमा श्रेष्ठले भने–‘जसरी गोरखामा बाबुराम भट्टराईलाई कांग्रेसले भोट हाल्यो त्यसरी नै देशैभर एमालेले हसियाँ हथौडामा भोट हाल्छ । र,माओवादीले सूर्यमा भोट हाल्छ । ’ माओवादीबाट विगतमा एमाले कार्यकर्ता पीडित रहेको भन्दै कांग्रेसले एमाले समर्थकलाई भड्काउन खोजेको विषयप्रति एमाले नेता भूपालसिं जिमीले भने–‘विगतमा भएका द्वन्दका घटनाको जननी बाबुराम भट्टराई हुन् , कुशल लिम्बू होइनन् । कांग्रेसले बाबुरामलाई बोकेर हिडिरहेको अवस्थामा यस्तो तर्कको कुनै अर्थ रहदैन । ’ यसैबीच कांग्रेसलाई जिताउनका स्थानीय डुम्रे,भट्टा,बाँधडाडा लगायतका सुकुम्वासी बस्तीमा पैसाका पोको बोकेर मतदाता खरिद गर्ने प्रयास थालिएको विश्वस्त स्रोतले बताएको छ । यस्तो हर्कत थाहा पाएपछि सुकुम्वासी वस्तीहरुमा त्यस्ता भिजिलान्ते र माफियालाई रंगेहात समात्न युवा संघ र वाइसिएलको संयुक्त दस्ता तयार पारिएकोे छ । मतदाता खरिद गर्न उर्लाबारीका नामुद वन माफिया र केही सुन व्यापारी रातिराति लागि परेको स्रोतको भनाइ छ । केहीको पहिचान भइसकेकोले उनीहरुको हर्कत जनतासामू उदांगो पारिने युवा दस्ताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.