जीएमआरको कार्यालयमा बम विस्फोट-तीन जना पक्राउ

जीएमआरको कार्यालयमा बम विस्फोट-तीन जना पक्राउ

सुर्खेत । माथिल्लो कर्णाली जल विद्युत आयोजनाको प्रवद्र्धक जीएमआरको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । समूहले आयोजना निर्माण साईट दैलेख र सुर्खेतको खजुरा स्थित कार्यालयमा गए राती (शनिबार) करिब १० बजे वम विस्फोट गराएको हो । वम विस्फोटबाट मानविय क्षति नभएपनि कार्यालयको सुरक्षा पोष्टमा डेढ फिट सुरुङ्ग पार्नुका साथै झ्यालढोकाका सिसा फुटेको जीएमआरका सुर्खेत प्रतिनिधि राजन रजवारले बताउनु भयो । वमले आसपासका दुई वटा घरका झ्यालढोकाको सिसा फुटेको स्थानीयले नारायण पौडेलले जनाउनु भयो । सुर्खेतस्थित कार्यालयमा वम विस्फोट भएपछि आसपासका बासिन्दा भयवित भएका छन् । घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.