Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

प्रदेश १ को राजधानी अन्योलमै

2017 Dec 19 9:10 AM 45

विज्ञापन

Birat Cancer Hospital
प्रदेश १ को राजधानी अन्योलमै
प्रदेश १ को राजधानीको टुंगो नलाग्दा जनसमुदायमाज अन्योल बढेको छ । विराटनगर  कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न ठाउमा राजधानी माग्दै प्रदर्शन भइरहेको छ । धनकुटालाई पूर्वाधारयुक्त भएको भन्दै राजनीतिक दल, पेशाकर्मीलगायतले प्रदेश १ को राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएको एवं आधुनिक राजनीतिको अगुवा भएकाले भन्दै उद्योगी–व्यवसायी, राजनीतिक दल र अन्य संस्थाहरुले प्रादेशिक राजधानी बनाइनुपर्ने माग राखेका छन् । यसैगरी धरानका बासिन्दाले  धरानलाई नै राजधानी बनाइनुपर्ने माग गरिरहेका बेला सुनसरीकै इटहरीमा पनि राजधानी राख्नुपर्ने माग पनि उठिरहेको छ । राजधानी कहाँ रहने भन्ने तय हुन नसक्दा यही विषयलाई लिएर विभिन्न जिल्ला र स्थानका बासिन्दा आन्दोलनमार्फत् दबाब दिइरहेका छन् । प्रादेशिक राजधानी कहाँ होला भन्ने अन्योलकै बीच १ नम्बर प्रदेशको राजधानीका लागि सरकारले विराटनगर, इटहरी, धरान र धनकुटामा आवश्यक भौतिक संरचनाको अवस्थाबारे लगत संकलन गरेको छ । मन्त्रालय र मन्त्रीहरुका लागि निवास, मुख्य सचिवको कार्यालय, सचिवालयहरुका लागि आवश्यक भवनका लागि सहरी विकास मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा सरकारी कार्यालयहरुका भवनको अवस्थाबारे अध्ययन भइसकेको छ । प्राविधिक टोलीले मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चलविश्व विद्यालयका भवनको समेत अध्यायन गरेको थियो ।सम्पूर्ण पूर्वाधारहरु भएको एकै स्थानमा रहेकाले त्यसलाई पनि सम्भावित ठाउँका रुपमा हेरिएको थियो । तर आउँदो बर्षदेखि विश्वविद्यालयले चिकित्साशास्त्र अध्यापन सुरु गर्ने तयारी गरेकाले उक्त स्थानमा राजधानी बस्ने सम्भावना नदेखिएको एक सरकारी अधिकारीले बताए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो