विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ । विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण लुंगेली रहेका छन । विगत ९ वर्ष देखी तत्कालीन जिल्ला विकास समितीको मातहतमा रहेर स्थानिय निकायमा काम गदै आएका सामाजिक परिचालकहरु गत पौस १६ गते देखी सरकारले हटाएको थियो । सामाजिक परिचालकहरुको काठमाण्डौमा भएको आन्दोलनवाट यहि असार मसान्तसम्मका लागि थप गरिएको म्याद सकिएपछि पुन समाजिक परिचालकहरु आन्दोलन गर्ने तयारीमा रहेको १ नम्वर प्रदेसका इन्चार्ज सुरेश कार्कीले वताउएका छन् । प्रदेस नम्बर १ मा करिव ८ सय सामाजिक परिचालक कार्यरत रहेका छन । सम्मेलनमा संघका केन्दिय अध्यक्ष सारीका राई ,केन्द्रीय सदस्य मनिसा विमली प्रदेस नम्वर २ का अध्यक्ष शिवसंंकर मेहता लगायतको उपस्थिति रहेको थियो । सम्मेलनले नयां कार्य समिती चयन गनुका साथै प्रदेस सरकारका प्रतिनीधीहरुलाइ ज्ञापन पत्र बुझाउने ,आन्दोलनको तयारी गर्ने ,सरकारका प्रतीनिधीहरु संघ छलफल गर्ने लगायतका निर्णय गरेको छ । सामाजिक परिचालकहरुले लामो समय देखि स्थानिय निकायमा कार्यरत रहेकाले एक पटकलाई उमेरको हदवन्दी नलगाई स्थानिय निकायमा समायोजन गरीनु पर्ने माग राख्दै आएका छन ।
१ नं. प्रदेश स्तरीय समाजिक परिचालकहरुको १७ सदस्य कमिटी गठन
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11
