Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
अन्य

सप्तरीको सप्तकोशी न.पा.का स्वास्थ्यकर्मीलाई निशुल्क पि.पि.ई बितरण

Apr 3, 2020 8:10 AM

final-size

वि.पी. कोइराला, सप्तरी, २१ चैत्र ।  सप्तकोशी स्वतन्त्र संघर्ष समितिले सप्तरीको सप्तकोशी नगरपालीकालाई कोरोना भाईरस रोकथामका लागि पिपिइको सहयोग गरेको छ। सप्तकोशी नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दुइ अलग अलग स्थानमा क्वारेन्टाइन तयार गरेपछि समितिले पिपिइ अन्तर्गत पर्ने एप्रोनको सहयोग गरेको हो। सप्तकोशी नगरपालिका स्वास्थ्य विभाग प्रमुख महेश चौधरीले क्वारेन्टाइनका स्वास्थ्यकर्मीका लागि पिपिइ अत्यन्तै उपयोगी भएको बताउनुभयो। पर्सनल प्रोटेक्टीभ एक्वीपमेन्ट पीपीइ सेट अन्तर्गत पर्ने १० प्रति एप्रोन स्थानिय स्तरमै तयार गरि बितरण गरिएको समितिका अध्यक्ष अनिल पराजुलीले बताउनुभयो। पिपिइ तयार गर्न समितिका सुमन रायमाझी र राजेश परियारको प्राविधिक सहयोग रहेको बताइएको छ। नगरपालिकाले वार्ड नं २ स्थित गोबर्र्धन बैरागी जनता माध्यमिक विद्यालय र वार्ड नं १० स्थित जनता मा.वि. भगनीमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। गो.बै.जा मा.बिमा २१ बेड र भगनीको जनता मा.विमा १३ बेडको क्वारेन्टाइन तयार गरेको हो। क्वारेन्टाइनमा हाल सम्म २६० ले स्थास्थ्य परिक्षण गराएका छन । परिक्षणका क्रममा सवैको अवस्था सामान्य रहेको तथा क्वारेन्टाइनमा एक जनालाई पनि राख्नुपर्ने अवस्था नआएको स्वास्थ्य विभाग प्रमुख चौधरीले बताउनुभयो।

Dhoni Sabuun