Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

सिके राउतको जनमत पार्टी परित्याग गर्नेको लहर बढदो, सिराहा, नवलपरासी पछि अब सप्तरीमा सामुहिक बहिष्कार

2020 Aug 1 3:52 PM 49

विज्ञापन

Birat Cancer Hospital
सिके राउतको जनमत पार्टी परित्याग गर्नेको लहर बढदो, सिराहा, नवलपरासी पछि अब सप्तरीमा सामुहिक बहिष्कार

डा. सिके राउतको जनमत पार्टीमा तानाशाही प्रबृत्ती हाबी भएको भन्दै कार्यकर्ताहरुमा धमाधम पार्टी परित्यागको लहर चलेको छ। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको भारदहमा आज जनमत पार्टी सप्तरीका दश जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन्। पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढ्ेकोलगायतका आरोप लगाउँदै १० जना नेता कार्यकर्ताले सामुहिक पार्टी परित्याग गरेका हुन।ck-raut-2

तत्कालिन अवस्थामा रहेका स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला प्रशिक्षक तथा राष्ट्रिय परिषद सदस्य राजनारायण यादबको नेतृत्वमा कार्यकर्ताहरु देवलाल खंग, नारदमुनि मण्डल, धनराज, मण्डल, धनेश्वर खंग, तेज नारायण यादव, जय प्रकाश यादव, धर्मेन्द्र कुमार राम, युवराज यादव, राजकुमार खंग, मिन्दल कुमार मल्लाह लगायतले पार्टी परित्यागको सामुहिक घोषणा गरेका हुन। पार्टी परित्याग गर्ने सबैजना जनमत पार्टी सप्तरी जिल्ला परिषदका सदस्य रहेका छन्। कार्यक्रममा बोल्दै राजनारायण यादवले डा. सिके राउतलाई बौद्धिक आतंकवादीको संज्ञा दिनुभयो। उहाँले राउतको कार्यशैलीमा पूर्णतया तानाशाही प्रबृत्ति हावी भएको बताउनुभयो।  अब लोकतान्त्रीक पद्दतिमा मधेशको जनहितमा नयाँ राजनीतिक दल गठन गरेर अघि बढ्ने उहाँको भनाइ थियो। गत महिना सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका थिए। यसैगरि पश्चिम नवलपरासीको परासीमा जनमत पार्टीका दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले पार्टी परित्याग गरेका थिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो