Live
| बुधबार, भदौ ९, २०८३
EN
arya newro
BiraKhabar
अन्य

वाईसीएलमा सेर्पालीलाई यसकारण रोके दिपशिखाले अध्यक्ष बन्नबाट

2021 Aug 31 6:14 PM 61

विज्ञापन

Birat Cancer Hospital
वाईसीएलमा सेर्पालीलाई यसकारण रोके दिपशिखाले अध्यक्ष बन्नबाट
काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को नेतृत्व चयन हुन नसक्दा तत्काललाई केन्द्रीय समिति विस्तार गरेर भेला सम्पन्न हुने भएको छ । अहिलेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले उपाध्यक्ष सुमन देवकोटालाई अध्यक्ष बनाउन खोजेपछि वाईसीएल नेतृत्व चयन प्रक्रिया अवरुद्ध बनेको हो । विकट जिल्लाबाट वाईसीएलको नेतृत्वमा पुग्ने ठाउँमा पुगेका अध्यक्षका दाबेदार सुरोधराज सेर्पालीलाई रोक्न सबै किसिमको बल प्रयोग गर्दै पदाधिकारी चयन प्रक्रिया नै अवरुद्ध पार्न दिपशिखासहित केहि नेताहरु सक्रिय बनेको स्रोतको दाबी छ । दलित परिवारमा जन्मिएका सेर्पाली वाईसीएलको अहिलेको पदाधिकारीसहित केन्द्रीय समितिमा समेत प्रष्ट बहुमतमा रहेपनि अन्तिममा नेतृत्व चयन प्रक्रियालाई थाति राखेर भेला सम्पन्न गरिने भएको हो । वाईसीएल पदाधिकारीको टोली अध्यक्ष प्रचण्ड निवासमा पुगेर छलफल गरेपनि संगठनमा कमजोर रहेका देवकोटा र संगठनमा बलियो पकड बनाएका सेर्पालीबीच सहमति हुन नसक्दा नेतृत्व चयन तत्काललाई स्थगित बन्न पुगेको हो । रुपा सुनार प्रकरणमा विज्ञप्ति जारी गरेपछि मलाई मेरा मतदाताले गुनासो गरे भन्दै सुटुक्क विज्ञप्तिसहित आफूले लेखेको विषय फेसबुक प्रोफाइलबाट हटाएका दिपशिखाले अन्ततः दलित समूदायका सेर्पालीलाई अध्यक्ष बन्नबाट रोक्न आफूले सकेको बल प्रयोग गर्न पुगेका हुन् । कुखुरा फारम खोलेर कुखुरा पालनमा लागेका दिपशिखालाई वाईसीएल अधयक्ष बनाउन सक्रिय बनेका सेर्पाली अन्तिममा आएर रुपा सुनार प्रकरणदेखि चलेको विवादका कारण अहिले नेतृत्वमा पुग्न कठिन बनेको हो । पदाधिकारीको बैठकमा सेर्पालीले दिपशिखालाई वाईसीएल नेपालको विधानमा व्यवस्था भएबमोजिम किन अध्यक्ष पद छाड्न नखोजेको र रुपा सुनार प्रकरणमा उनले देखाएको भूमिकाबारे कडा प्रश्न राखेपछि उनीहरुबीच पछिल्लो समय विवाद तीब्र बन्दै गएको थियो । सेर्पालीले वाईसीएलको ४० वर्षे उमेर हदबन्दीका कारण नैतिकताको आधारमा नेतृत्व छाडेर जिम्मेवारी हस्तान्त्रण गर्नुपर्ने र दलित समूदायप्रति उनको स्पष्ट धारणा मागेपछि चलेको विवाद अन्तिममा आएर उनलाई अध्यक्ष बन्न रोक्ने अस्त्र बनेको स्रोतको दाबी छ । रुकुम पूर्वबाट माओवादी जनयुद्धमा होमिएका उनको परिवार नै माओवादी युद्धमा सरिक बनेको थियो । उनको परिवार सहीद परिवारमा समेत पर्दछ भने, उनको घर पहिलो गुरिल्ला घर समेत हो । अहिले वाईसीएलका नेता कार्यकर्ताहरु भेलामा आएका प्रतिनिधिले भोट हाल्न पाउनुपर्ने र पार्टीले अनावश्यक हस्तक्षेप बन्द गरेर संगठनलाई चलायमान बनाउन दिनुपर्छ भन्दै आवाज उठाइरहेका छन भने, माओवादी केन्द्रका थुप्रै नेताहरु यो विषयमा प्रष्ट रुपमा प्रतिनिधिले नै नेतृत्व चयन गर्न पाउनुपर्नेमा दृढ अडान राख्न थालेका छन् । तर, केन्द्रीय समितिलाई जिम्मेवारी दिएर नेतृत्व टुंग्याउने भनिएपनि केहि समयलाई देवकोटालाई कार्यबाहक अध्यक्ष दिएरै भएपनि उनको धोको पुरा गरिदिने पक्षमा दिपशिखा पुगेको स्रोतको दाबी छ । को हुन अध्यक्षका दाबेदार सेर्पाली ? तत्कालीन रुकुमको महत गाविस वडा नम्बर ५ मा २०४२ साल कार्तिक २७ गते बुवा तेजबहादुर कामी र आमा दीपज्योति कामीको कोखबाट जन्मिएका सेर्पाली १३ वर्षको कलिलो उमेरमा माओवादी जनयुद्धमा होमिएका हुन् । २०५५ सालमा पूर्णकालीन रुपमा माओवादी जनयुद्धमा होमिएका सेर्पाली विभिन्न कमिटीमा काम गरेपछि जनमुक्ति सेना हुँदै राजनीतिक यात्रा गरेर वाईसीएल अध्यक्षको पदमा आइपुगेका हुन् । वाईसीएलको ग्राउन्डदेखि युवा राजनीतिमा होमिएका उनले तत्कालीन रुकुम जिल्लाको नेतृत्व सम्हाल्नेदेखि मगरात राज्य हुँदै आरसी शर्मा ‘विज्ञान’को अध्यक्षतामा कोषाध्यक्ष बनेका थिए । रुकुमेली जनतामा लोकप्रिय रहेका सेर्पाली वाईसीएलका नेता कार्यकर्तामाझ पनि अत्यन्तै पपुलर छन् । पारिवारिक पृष्ठभूमी समेत राजनीतिक भएकाले उनले वाईसीएल नेपालको नेतृत्व पाएपछि कसरी युवा आन्दोलनलाई अगाडी लैजान्छन भन्ने चौतर्फी चासोको विषय बनेको छ । दलित परिवारमा जन्मिएका सेर्पाली सानो उमेरमा जनयुद्धमा होमिनुमा सहाजमा रहेको विभेद नै मुख्य कारण बन्न पुगेको हो । उनका आफ्ना काका लगाएत सबै मोवादी जनयुद्धमा सामाजिक रुपान्त्रणसहितको क्रान्ति गर्न हहिडेपछि विभेदको अन्त्य भएर मानिस बन्ने हुटहुटीका कारण उनी जनयुद्धमा सामेल भएको स्विकार गर्छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न