Live
| सोमबार, भदौ २१, २०८३
EN
arya newro
BiraKhabar
अन्य

नेपालीको घरघरमा राठी ब्रान्डको चमत्कार, राजेश हमाल 'राठीकोल’ को ब्रान्ड एम्बासडर

2024 Jun 23 8:39 AM 92

विज्ञापन

Birat Cancer Hospital
नेपालीको घरघरमा राठी ब्रान्डको चमत्कार, राजेश हमाल 'राठीकोल’ को ब्रान्ड एम्बासडर
विराटनगर। ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए। 'आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौँ बिक्रेताहरूले बेचिरहेका छन्। विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन। विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले राठीकोललाई स्थापित गर्न सक्षम भएका छौँ', उनले भने, 'राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ। उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो। उहाँलाई हामीले हमालजीलाई यो ब्रान्डसँग जोडेर यसबारेमा थाहा नपाउनुभएका आम मानिसहरूलाई पनि जानकारी दिन उहाँलाई एम्बासडर बनाएका छौँ।' उनले राठीकोल नेपालको हिमाल देखि तराईका सबै मौसमहरु र जुनसुकै तापक्रममा उपयुक्त हुने जानकारी दिए। अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए। उनले कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए। उनले भने, 'निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ।' राठीकोलसँगको सहकार्यबारे बोल्दै हमालले भने, 'यो बिन्दुमा आएर यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी लागेको छ। कुनै एउटा उत्पादनले जुन विश्वास उपभोक्तामा दिलाएर बसेको छ, त्यो ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो। मैले मात्र यो ब्रान्डलाई खोजेको छैन, यो ब्रान्डले पनि मलाई खोजेको छ। म आभारी छु।' राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए। राठी ग्रुपको इतिहास १३० वर्ष पुरानो छ र सामान्यतया स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ। ‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादन मध्ये एक हो, जसले गुणस्तरीय चिपकने पदार्थ (एढेसिभ) उत्पादनका रूपमा आफूलाई स्थापित गरेको छ, यो उत्पादन मुख्यतया फर्निचर बनाउने काममा प्रयोग हुने काठको कामका लागि प्रयोग हुन्छ। साथै अन्य फ्रेमिङका कामहरूमा पनि राठीकोल प्रयोग गर्न सकिन्छ। यो विगत ३५ वर्ष देखि उत्पादन भई बजारमा आइरहेको छ। नेपालमा सबैभन्दा ठुलो चिपकने पदार्थको कारखानाको रूपमा राठीकोलको कारखाना रहेको छ। यसको मुख्य नारा ‘टाँस्छ मज्जाले टाँस्छ’ रहेको छ। राठीकोल उत्पादनहरू प्रिमियम उड एढेसिभ, इकोनोमिकल उड एढेसिभ, साइनोएक्रिलेट (सुपरग्लु), क्राफ्ट एढेसिभ (बिषादीरहित), पारदर्शी एढेसिभ, इन्ड्रस्ट्रियल एढेसिभ, सिलिकन एसेटोक्सी क्यान र पाउच (न्युट्रल)तथा मास्किंग टेप, डक्ट टेप, ईभिए फोम टेप, कार्टुन टेप, डबल साइड टेप आदि हुन्। यी लगायतका उत्पादनहरूले विदेशी कम्पनीहरूले उत्पादन गरेका ब्रान्डहरूको आयात कम गराइ देशको अर्थतन्त्रमा राठी समूहले उल्लेख्य योगदान पुर्याएको छ। पत्रकार भेटघाट समारोहमा राठीकोलका सिइओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका प्रमुख रिदम शाह लगायतको उपस्थिति थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति