Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

बिराटनगरको अरनिको कलेजमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण, बिद्यार्थीहरुको सपना डाक्टर र इन्जिनियर हुने बिद्यार्थीहरुको सोचाई

2024 Jul 19 10:34 AM 228

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरको अरनिको कलेजमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण, बिद्यार्थीहरुको सपना डाक्टर र इन्जिनियर हुने बिद्यार्थीहरुको सोचाई
बिराटनगर । सबैको रोजाई र शिक्षा क्षेत्रको अब्बल कलेज विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरको छ । अरनिको कलेजले कक्षा ११ तर्फ विज्ञान र व्यवस्थापन संकायमा १ हजार १ सय भन्दा बढि विद्यार्थी भर्ना लिएका छन् । भर्ना भएका सबै विद्यार्थी बिहीबार कलेजको अभिमुखीक रण कार्यक्रममा सहभागिता जनाएका थिए ।  अरनिको कलेज कोशी प्रदेशको मात्रै होइन नेपालकै उत्कृष्ट कलेज हो । यस कलेजमा पढ्न पाउनु भनेको भोलि देशको डाक्टर र इन्जिनियर बन्नु जस्तै रहेकोले कडा मेहनत र परिश्रमका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई  उत्प्रेरक रमण भट्टराईले “सकारात्मक सोच र अध्ययन” विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण कार्याक्रममा आफनो भनाई राखेका छन् ।  अरनिको कलेजका सञ्चालक तथा प्रिन्सिपल राजेश कार्की, सञ्चालक तथा प्राध्यापक भरत दाहाल, संचालक तथा   विज्ञान  संकाय तर्फका कोर्डिनेटर विकास खनालले कलेजमा अध्ययन गर्न आएका विद्यार्थीहरूलाई डिसिप्लेन कायम गर्नेदेखि शैक्षिक गतिविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा अभिभावकको तर्फबाट सस्पायक कलेजका प्रिन्सिपल सीएम बस्नेतले अरनिको नेपालकै उत्कृष्ट कलेज भएकोले कडा मेहनत र लगनशीलताका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । अरनिको कलेजले विज्ञान संकाय तर्फ १ हजार भन्दा बढि विद्यार्थी भर्ना लिएका छन् । साउन ६ गतेदेखि विज्ञान संकाय तर्फको कक्षा सञ्चालन हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?