Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

कोशी प्रदेश स्तरीय सुन्दरहरैचामा ३ दिने स्काउट दल टोली नायक तालिम सम्पन्न, १७ स्थानीय पालिकाबाट १ सय ५० टोली नायक सहभागि

2024 Jul 21 8:53 AM 496

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश स्तरीय सुन्दरहरैचामा ३ दिने स्काउट दल टोली नायक तालिम सम्पन्न, १७ स्थानीय पालिकाबाट १ सय ५० टोली नायक सहभागि
बिराटचोक, मोरगं । नेपाल स्काउट संयुक्त ट्रेनिङ क्याम्पको आयोजनामा दुइ रात तिन दिने टोलि नायक तालिम (पेट्रोल लिडर तालिम सम्पन्न २०८१) सुन्दरहरैँचा १ स्थिीत हरैचा इंग्लिस स्कुलमा  सम्पन्न भएको छ । नेपाल स्काउट सुन्दरहरैँचा स्थानीय नगर समितिद्धारा व्यवस्थापन गरेको उक्त तालिममा कोशी प्रदेशका विभिन्न १७ पालिकाका २८ विद्यालयमा सञ्चालित स्काउट दलबाट १५० टोलि नायकहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक बादल देवानले जानकारी दिनुभयो । नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धती आयुक्त शिवानी देवानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा, सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकाी, विभिन्न स्थानी समितिका प्रमुख आयुक्तहरु, विद्यायलयका प्रध्यानध्यापक, स्थानीय समितिका आयुक्तहरु, स्काउट लिडर तथा मास्टरहरुको सहभागिता रहेको थियो । तालिमको उदघाट श्रावण २ गते नेपाल स्काउट राष्ट्रिय समितिका सह प्रमुख आयुक्त श्री किरण गिरीको प्रमुख आतिथ्यता तथा , आयुुक्त हरु रवि खनाल, नवल प्रसाद उपाध्याय, कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, शैक्षिक पद्धती आयुक्त शिवानी देवान, दस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे लगायतको उपस्थितीमा भएको थियो । उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी गिरीले यस्ता कार्यक्रमले स्काउट विद्यार्थीहरुमा नेतृत्व क्षमताको वृद्धि हुने र विद्यार्थीहरुलाई निरन्तर कार्यक्रमहरुमा सहभागीता र प्रशिक्षणले विद्यार्थीहरुको स्काउट तर्फको आर्कषमा समेत वृद्धिहुने र एकरुपता कायम हुन सहयोग पुग्ने बताउनु भयो । त्यसै गरि कार्यक्रममा बोल्दै राष्ट्रिय आयुक्त रवि खनालले संयुक्त टे«निङ क्याम्पले २०७९ सालमा आयोजना गरेको क्याम्पको प्रशंसा गर्दै सोहिको निरन्तरताको रुपमा टोलि नायक तालिम आयोजन भएकोले यसले नयाँ उदाहरण प्रस्तुत भएको बताउदै यस्तो प्रशिक्षणले स्काउटमा पछिल्लो समयमा भएको संख्यात्म वृद्धिलाई गुणात्मक वृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो । कार्यक्रमा हरैँचा मोडल इंग्लिस स्कुलका प्रिन्सीपल रुद्र थापाले विद्यालयमा कार्यक्रम सञ्चालन गरेको आफुहरु खुसी भएको बताउदै स्काउटले विद्याथीहरुलाई समाजमा भिज्न र सहयोग गर्न विकास गरेको बताउनु भयो । उहाँले स्काउटले विद्यार्थीलाई अनुशासन र सामाजिक कार्य सगसगैँ संस्कार शिक्षमा समेत जोड दिएर भविष्यका योग्य नागरिक बनाउन स्काउटले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । तालिममा स्काउट विद्यार्थीहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि विभिन्न विषयमा प्रशिक्षीत गरिएको महिला तर्फको कोर्ष लिडर एवम नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धती आयुक्त शिवानी देवानले बताउनु भयो । सहभागीहरुलाई शुरुमा पनि परिक्षा लिइएको र तालिमको अन्तयमा पनि परिक्षा लिइएको थियो, दुईवटा परिक्षामा सहभागीहरुको अंकमा ठुलो परिवर्तन आएकोले तालिमको प्रभावकारिता पुष्टि गरेको पुरुष तर्फका कोर्ष लिडर मोतिराम ढुगांनाले बताउनु भयो । तालिमा सहभागी मध्ये सवोत्तउत्कृष्ट छात्र तर्फ कानेपोखरी स्थित माउन्ट हर्मन स्काउट दलका तान्सुहाङ लिम्बु र छात्रा तर्फ इटहरी स्थिीत बालविकस स्काउट दलको एलिना लिम्बु पुरस्कृत हुुनु भएको थियो । कार्यमका संयोजक बादल देवानले कार्यक्रममा यति धेरै विद्यालयको उत्साहजनक सहभागीता, विद्याथीहरुले ३ दिन सम्म प्रशिक्षणमा देखाउनु भएको कौतुहलता र प्रशिक्षकहरुको लगनशिलताले कार्यक्रम भव्यरुपमा ुसफल भएको निष्कर्ष निकालेको र सहभागीहरुलाई यहाँ सिकेका विषय विद्यालयको स्काउट दल, व्यत्तिगत तथा समाजको हितमा प्रयोग गर्न निर्देशन दिनुभयो । कार्यक्रममा २२ जना प्रशिक्षक, १८ जना सहयोगी क्रियु सदस्य र १० जना व्यवस्थापनमा निरन्तर लागेको संयोजक देवानले बताउनु भयो । उहाँले अगामी फागुनमा संयुुक्त ट्रेनिङ क्याम्प २०८१ आयोजना हुन लागेको र उक्त क्याम्पमा प्रदेशका १०० भन्दा बढी स्काउट दलका पाँचहजार स्काउटहरुको उपस्थिीतको तयारी गर्ने समेत बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला