Live
| मंगलबार, जेठ १२, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

"अखबारमा"

2017 Oct 20 4:31 PM 83

विज्ञापन

Birat Cancer Hospital
"अखबारमा" भैँसीको दूध बेचेर, पाँच वर्षको छोरा श्याम बहादुरलाई शहर पढ्न पठाए थिइन आमाले नयाँ जीवनको आशमा। छोरो एक अञ्जुली खुसी लिएर फर्किएला भन्दाभन्दै वर्षौं-वर्ष बिते तर निभेन कहिलै आमाको आँखामा सल्किएको आशाको ज्योति लज्जावती फूलका काँडाले हत्केलामा आफ्नो साम्राज्य बनाइसक्दा पनि आफ्नै पैताला संग प्रेममा फसेको बेल र डम्फरको काँडाले बारम्बार सताईरहँदा पनि नझरेका आँसु आमाका बुढा आँखा सल्बलाउन थाल्थे जब देख्दिन थिन घर अगाडि ठूलो पिपल बोटको हरियो हाँगामा बसेर छोराको खबर सुनाउने कौवालाई दसौं थान साडीका टुक्राटुक्रा जंगलभरी बाँडेकी थिइन् आमाले छोराको पर्खाइमा बस्दाबस्दै त्यही बूढो घर भित्ताबाट तारा संग भलकुसारी गर्दै सयौं रात बिताएकी थिइन झरी, चट्याङ , भोकसंग मितेरी गास्दै छोरोले पढिसक्यो सायद काम गर्दै छ सायद मलाई लैजाला उसको शहरमा यस्तै यस्तै थुप्रै सपनाका युद्ध संग पराजित भएपछि, कोहि महान परोपकारीको हात समाएर शहरकै एउटा आश्रम पुगेकी थिइन् आमा। त्यो दिन , पुर्वबाट नयाँ सुर्य उदाएछ क्यारे मध्याह्न दिनमा रेडियो नेपालले समाचार फुक्यो गैरी गाउँका श्यामे उत्कृष्ट उद्यमी तथा समाजसेवी पदकबाट सम्मानित ।। भत्-भत् पोलेको छातीमा मल्हम बनी खुसीको किरण छरेर चारैतिर आमाका पीडा/वेदना/छट्पटी लिएर अस्तायो सुर्य । भोलिपल्ट अखबारको पहिलो पेजमा ठुला-ठुला दुई तस्वीर झुल्किन्छन् एउटा खुसीको चुचुरो चुम्दै गरेको समाजसेवी श्याम बहादुर अर्को,आमाको तस्बिर जसमा लेखिएको थियो "हार्दिक श्रद्धाञ्जली" -----------|एक प्रयास |पुस्तकका लागि रचित कविता, रचयिता सिर्जना..... (धनकुटा हाल विराटनगर)

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो