Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

प्रदेश १ को राजधानी अन्योलमै

2017 Dec 19 9:10 AM 84

विज्ञापन

Birat Cancer Hospital
प्रदेश १ को राजधानी अन्योलमै
प्रदेश १ को राजधानीको टुंगो नलाग्दा जनसमुदायमाज अन्योल बढेको छ । विराटनगर  कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न ठाउमा राजधानी माग्दै प्रदर्शन भइरहेको छ । धनकुटालाई पूर्वाधारयुक्त भएको भन्दै राजनीतिक दल, पेशाकर्मीलगायतले प्रदेश १ को राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएको एवं आधुनिक राजनीतिको अगुवा भएकाले भन्दै उद्योगी–व्यवसायी, राजनीतिक दल र अन्य संस्थाहरुले प्रादेशिक राजधानी बनाइनुपर्ने माग राखेका छन् । यसैगरी धरानका बासिन्दाले  धरानलाई नै राजधानी बनाइनुपर्ने माग गरिरहेका बेला सुनसरीकै इटहरीमा पनि राजधानी राख्नुपर्ने माग पनि उठिरहेको छ । राजधानी कहाँ रहने भन्ने तय हुन नसक्दा यही विषयलाई लिएर विभिन्न जिल्ला र स्थानका बासिन्दा आन्दोलनमार्फत् दबाब दिइरहेका छन् । प्रादेशिक राजधानी कहाँ होला भन्ने अन्योलकै बीच १ नम्बर प्रदेशको राजधानीका लागि सरकारले विराटनगर, इटहरी, धरान र धनकुटामा आवश्यक भौतिक संरचनाको अवस्थाबारे लगत संकलन गरेको छ । मन्त्रालय र मन्त्रीहरुका लागि निवास, मुख्य सचिवको कार्यालय, सचिवालयहरुका लागि आवश्यक भवनका लागि सहरी विकास मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा सरकारी कार्यालयहरुका भवनको अवस्थाबारे अध्ययन भइसकेको छ । प्राविधिक टोलीले मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चलविश्व विद्यालयका भवनको समेत अध्यायन गरेको थियो ।सम्पूर्ण पूर्वाधारहरु भएको एकै स्थानमा रहेकाले त्यसलाई पनि सम्भावित ठाउँका रुपमा हेरिएको थियो । तर आउँदो बर्षदेखि विश्वविद्यालयले चिकित्साशास्त्र अध्यापन सुरु गर्ने तयारी गरेकाले उक्त स्थानमा राजधानी बस्ने सम्भावना नदेखिएको एक सरकारी अधिकारीले बताए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला