काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने पहिलो विदेशी सरकार प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी बनेका छन् । समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएको थियो । प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ । छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले १९ तोपको सलामी
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11
