मोरङ । मोरङको सुन्दर(हरैँचा नगरपालिका(१२ स्थित राजमार्गमा मंगलवार टिफरको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु भएको छ । साँझ करिब सवा ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१८४ नम्बरको टिफरले को २६ प ३१२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक उदयपुर रतुवामाई गाउँपालिका(२ बस्ने बर्ष ३२ की गीता कटुवाल गम्भिर घाईते भई उपचारको लागि धरान स्थित वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको थियो । ठक्कर दिने टिफर र चालक सुनसरी बराहा नगरपालिका(६ बस्ने बर्ष २३ को कातिक राजवंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ भने मृतकको शव पोष्टमार्टमको लागि धरानमा राखिएको छ ।
टिफरको ठक्करबाट महिलाको मृत्यु
ट्रेन्डिङ
💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1
