शारदा तामाङ, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ८ पात्लेपानीमा आज देखी पात्लेपानी साहित्य महोत्सव २०७५ शुरु भएको छ । महोत्सव पात्लेपानी कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष प्रगती राईको अध्यक्षता तथा बरिष्ठ कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा शुरु भएको हो । समाज परिवर्तनको अभियान कला र साहित्यको विकास र सम्मान भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव पात्लेपानी स्थित विद्यापोखरी आधारभुत विद्यालयमा आज र भोली २ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । साहित्य महोत्सवको पहिलो दिन आज हतुवाली सर्जकहरुको हतुवाली गजल गोहो संयुक्त गजल संग्रह लोर्कापन गरिएको छ । गजल संग्रहको लोकार्पण प्रमुख अतिथि मुकाुङ ,भाषाविद ,प्राध्यापक डा टंक न्यौपाने , हतुवागढी गाउपालिकाका अध्यक्ष प्रेम कुमार राई लगाएतले गर्नु भएको हो । कार्यक्रममा श्याम सिंघकको चर्चित उपन्यास रेमिटल्याण्ड उपन्यास बारे साक्षात्कार भएको छ । उपन्यास माथि साहित्यकार प्रकाश बान्तावा , लेखक श्याम सिंघक ,राजन ईशारा र मुनाराज शेर्माले चर्चा गर्नु भयो । उपन्यासको चर्चा गर्दै उहाहरुले रेडिट ल्याण्ड विशुद्ध सामाजिक विषयबस्तु समेटिएकोमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी तथा बरिष्ठ कबी प्राज्ञ श्रवण मुकारुङले साहित्य क्षेत्रको विकाशका लागी प्रतिगामी विचार त्याग्नु पर्नेमा जोड दिनु भयो । उहाले गाउमा भएका यस्ता कार्यक्रमले प्रतिगामी विचार लिनेहरुका लागी गतिलो झापड हुने स्पष्ट पार्नु भयो । कवि मुकारुङले देश संघियतामा प्रवेश गरेको अवस्थामा लेखकहरुले पहिचानका मुद्धा उठाउनु पर्ने उल्लेख गर्नु भयो । उहाले यस्ता खालका महोत्सव आयोजना हुनाले समग्र देशको साहित्य क्षेत्रको विकाशमा टेवा पुग्ने धाराणा राख्नु भयो ।महोत्सवलाई सम्बोधन गर्दै हतुवागढी गाउपालिकाका अध्यक्ष प्रेम कुमार राईले साहित्य क्षेत्रको विकाशका लागी संस्थागत विकाश हुनु पर्नेमा जोड दिनु भयो । उहाले साहित्य क्षेत्रको विकाश र प्रर्वद्धनका लागी गाउपालिकाले योजना बनाएर अगाडी बढने उदघोष गर्नु भयो ।. अध्यक्ष राईले आफु निर्वाचित गाउपालिकामा भव्य रुपमा साहित्यिक कार्यक्रम भएकोमा खुसी व्उतm गर्दै अतिथी साहित्यकार तथा आयोजकलाई विशेष धन्यावाद व्यतm गर्नु भयो । महोत्सवको अवसरमा विभिन्न लेखकहरुको पुस्तक प्रद्र्धशनी समेत भएका छन । भोली हुने कार्यक्रममा इन्द्रसुर वेल्टारे र राज माङ्लाकको संयुक्त कविता वाचन, खुल्ला कविता प्रतियोगिता हुने प्रतिष्ठानका सचिव विश्वजित राईले जानकारी दिनु भयो ।
भोजपुरको पात्लेपानीमा पात्लेपानी साहित्य महोत्सव–२०७५ शुरु
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11
