Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास

टिपर बालकलाई अनुशिक्षण अभियान शुरु

2019 Feb 21 11:44 AM 139

विज्ञापन

Birat Cancer Hospital
टिपर बालकलाई अनुशिक्षण अभियान शुरु

बिराटनगर । टिपर चालकहरुलाई नियमन गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । आज बिहान ईलाका प्रहरी कार्यालय निमुवाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको थालनी गरिएको हो । टिपरका कारण सडक दुर्घटना बढेको जन गुनासाहरु आउन थालेपछी टिपर चालकहरुलाई नियमन गर्नका लागि उक्त अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन गर्न ईलाका प्रहरी कार्यालय नेमुवामा ट्राफिक प्रहरी सहितको छुट्टै युनिट खडा गरि परिचालित गरिने र ट्राफिक प्रहरीले चालक योग्य भए नभएको, चालकसंग लाइसेन्स भए नभएको, चालकले लाइसेन्स पाएको अवधी, चालकहरूको शारीरिक तथा मानसिक अवस्था एकिन गर्ने, सवारी साधनको यान्त्रिक अवस्था एकिन गर्ने, टिपर चालक तथा सवारी धनीको बिवरण संकलन गर्ने, शैक्षिक योग्यता तथा चालकको उमेरको बारेमा अभिलेख तयार गरी चालकलाई दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीब्र गतिका कारण हुने दुर्घटनाका बारेमा हरेक दिन १५ मिनेट अनुशिक्षण दिईने वहाँले बताउनु भयो । कार्यक्रममा पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताउदै टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसावमा टिपर कुदाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले हालको परिवेशमा हरेक सवारी साधनले संयमता अपनाउनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा स्थानीय जन(प्रतिनिधी, स्थानीयवासीहरु, टिपर चालक तथा पत्रकार लगाएत करिव २०० जनाको सहभागीता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला