Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शैक्षिक सत्र तथा वर्तमान परीक्षाको संकट र अवको आवश्यकता

2020 Apr 27 4:10 PM 21

विज्ञापन

Birat Cancer Hospital
शैक्षिक सत्र तथा वर्तमान परीक्षाको संकट र अवको आवश्यकता
सन्तोष पोखरेल, बिराटनगर । वर्तमान शैक्षिक अवस्थामा आएको संकट नेपालको मात्रै संकट हैन । विश्वका सवै विद्यार्थी यसको मारमा परेका छन । आफ्नो भविश्यको योजनामा देखापरेको संकट प्रति चिन्तित छन । त्यसमा पनि नेपालमा भने शैक्षिकसत्र को अन्त्य हुदैगर्दा यो संकट आइपरेको छ । यसले समग्र शैक्षिक सरोकार हरुलाई चिन्तित वनाएको छ । त्यसैले विभिन्न शैक्षिक सरोकारवालाहरु, शिक्षाविदहरुका आआफ्नै विचारहरु आइरहेका छन यसै सन्दर्भमा विद्यार्थी हरुलाइ आन्तरिक मुल्यांकन को आधारमा लेजर तयार गरि नतिजा दिनु हुदैन भन्ने वारेमा पनि वहस चलिरहेको छ ।मन्त्रालय पनि पर्खने र परीक्षा चलाएरै जानू पर्छ भन्ने मान्यतामा छ । यस्तो अवस्थामा केही शिक्षा सरोकारवाला शिक्षाविदहरुले विद्यालयको मुल्यांकन पद्धतिमा शंका गरिरहनु भएको छ । शिक्षक प्रतिको विस्वसनियतामा संका गर्नु भएको छ ।94568038_229307971510875_7658247406860894208_n विद्यालयमा हाल कार्यरत शिक्षकलेनै सिकाइ क्रियाकलाप गराउन हुने,तिनै शिक्षकले प्रश्न पत्र वनाउदा हुने तिनै शिक्षकले कपी परिक्षण गर्दा हुने,अनि तिनै शिक्षकले २५ प्रतिसत प्रयोगात्मक अंक दिदा हुने ७५ प्रतिसत अंकमा शंका गर्नु पर्ने ? आज सम्म तिनै शिक्षकले ९ कक्षामा सवैलाइ प्रथम वनाएको र द्ध जिपिए दिएको उदाहरण छ र ? ९ कक्षामा फेल भएका छैनन र ? विषय लागेका लाई विषय लागेकै गरि रिजल्ट वनाएको छैन र विद्यालयले ? अनि परम्परागत मनोवृतिमा रमाएर हुन्छ।क्भ्भ् को परीक्षा सम्पन्न भएका सवै विद्यार्थी ले एउटै प्रकृतिको काम पाएकाछन र? सर्टि्फिकेटको आधारमा मानिसले काम पाउने समय अहिले छ र? कि क्षमताले पाउछ ? नेपालमा इन्जिनियर भएका ,प्रोफेसर भएकाहरु विदेशमा गएर के काम गर्दैछन ? सवैलाई थाहा छ । फेरि यो अहिलेको समय संकटको समय हो । यदी लकडाउन हटीहालेमा पनि तत्काल पुर्णरुपमा भाइरस अन्त्य हुने सम्भावना कम देखिन्छ । यस्तो अवस्थामा विद्यालय मा गरिने सामुहिक काम कसरी गर्न सकिन्छ ? अहिलेको संकट हटाउने विकल्प दिन जरुरी छ । विद्यार्थीलाई परीक्षा हुन्छ आइज भन्दैमा उ आउन सक्छ ? उसको अभिभावक कति विस्वस्त भएर पठाउनु हुन्छ ? शिक्षकले कुन मनोवृत्तिका आधारमा परीक्षा लिन सक्छ ? यदि शारीरीक दुरीनै कायम गरेर परीक्षा गराए पनि कपी मा हस्ताक्षर गर्नु पर्दैन? कपी संकलन गरि पोकामा प्याक गर्नु पर्दैन ? यदि पर्खने नै कुरा हो भने शैक्षिकसत्र भरी पर्खने त ? त्यसैले अहिलेको वर्तमान आवस्यकता भनेको विद्यार्थी अपग्रेडनै हो ! यो अपग्रेड स्थानिय निकाय र विद्यालयलाइ जिम्मेवार वनाएर गर्न सकिन्छ । अरु शिक्षा नीति र प्रणाली कस्तो वनाउने भन्ने सन्दर्भ पछी बहस हुनेकुरा हुन तर तत्काल विद्यार्थी को मानसिकतामा भएको लकडाउन हटाउन जरुरी छ । अहिलेको अवस्थामा अब के हुने हो भनेर उनीहरु त्रसित छन । क्भ्भ् परीक्षा को नतिजावाट सिधै कलेज हरुले भर्ना पनि त लिदैनन । प्रवेश परीक्षा नभइ हुदैन। अर्काे तर्फ परीक्षानै सर्वाेपरी किन ठान्ने । हिजो आज सटिफिकेटले मात्र जागिर खाने दिन छैन । वजार निजी क्षेत्रको प्रतिस्पर्धा मा आधारित छ । क्षमतामा आधारित रोजगारीका अवसर छन् । प्रतिस्पर्धा को वजार भएकाले निजी क्षेत्रले योग्यता भन्दा क्षमतामा विस्वास गर्दछ । सरकारी कामलाई प्रभावकारी वनाउने निजामति सेवा, प्रहरी, सेना , शिक्षक जस्ता पदहरु प्रतिस्पर्धा मानै पुर्ति हुनेगरेका छन् । प्राविधिक क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्ति त झन एप्रेन्टिसीप अर्थात मागमा आधारीत शिक्षणसिकाइमा प्रवेश गरिसकेको अवस्था छ । त्यसैले अवको सिकाइमा परम्परामा आधारीत परीक्षा प्रणाली भन्दा क्षमतामा आधारित मुल्यांकन का मापदण्डहरु तयार गरिनु पर्दछ । त्यसका लागि परीक्षा प्रणाली भन्दा विद्यालयको सिकाइ क्षमता सुधार र आन्तरिक मुल्यांकन पद्धति मा परिवर्तन गरिनु पर्दछ । विद्यार्थी हरुलाई परीक्षाको डरवाट मुक्त गराउने र वजारमा विक्ने विद्यार्थी उत्पादन गर्ने पद्धतिमा जोड दिनु पर्दछ । हाम्रो देशको अवस्था र वातावरणलाई दोषी ठानी उन्मुक्ति पाउने अवस्था अब छैन । विश्वका कैयौ विकसित मुलुकहरु पनि ग्रासरुट वाटै यो अवस्थामा आइपुगेका हुन । हिजो उनीहरुपनि गरिवनै थिए हामी जस्तै थिए । उनीहरुमा इच्छा शक्ति थियो। योजना थियो त्यसैले लक्ष्यमा पुगे । हामी संग सवैथोक छ इच्छाशक्ति को खाँचो छ । खाली सरकारको मुख ताक्ने ,समर्थन गर्ने र गाली गर्ने वानी हामीले सिक्यौ ।सहीलाई सही गलतलाई गलत भन्न सकेनौ । आफ्नो स्वार्थ का अगाडि घुडा टेकी रह्यौ । विश्वका कैयौ मुलुक कुनै न कुनै संकट, युद्ध वा घट्ना पछी पाठ सिकेर अगाडि वढेका छन । हाम्रा लागि पनि यो शिक्षामा आमुल परिवर्तन ल्याउने एउटा अवसर हो । विद्यार्थीले अब परिक्षाको डरले हैन भविस्यको डरले पढ्न पाउनु पर्छ र उसले परीक्षाका लागि अर्थात वढीभन्दा वढी नम्वर ल्याउन पढ्ने अनुमानित सिकाइ पद्धति को अन्त्य गरिनु पर्दछ । अभिभावकमा हुने अंकको भोक मेटाउनु पर्दछ र आफ्नो नानीलाई एउटा जिम्मेवार नागिरक वनाउन अग्रसर वनाउनु पर्दछ।सवै निजी स्कुलहरुको परिमाणात्मक नतिजामा भन्दा गुणात्मक नतिजामा प्रतिस्पर्धा गराउनु पर्दछ । वच्चाले रहरले पढ्ने वातावरण सिर्जना गरिनु पर्दछ । तब मात्रै शिक्षामा गुणस्तर आउछ । यो सवै कार्य परीक्षा ले मात्रै सम्भव छैन । लेखकः–सन्तोष पोखरेल(सहायक प्रध्यानापक) आदर्श उच्च माध्यमिक बिद्यालय, बिराटनगर

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?