Live
| शनिबार, भदौ १२, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, ट्रेन्डिङ समाचार, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

2026 Apr 13 6:42 PM 320

विज्ञापन

Birat Cancer Hospital
बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

विराटनगर । बिराट हेल्थकेयर इन्डस्ट्रिज र देशकै चर्चित निजी वायु सेवा कम्पनी यति एयरलाइन्सबीच एक महत्त्वपूर्ण साझेदारी भएको छ। यस साझेदारी अन्तर्गत बेबीको प्रिमियम डायपर्सका उपभोक्ताका दुई वर्षमुनिका शिशुहरूले यति एयरलाइन्समा निःशुल्क उडानको सुविधा पाउने बिराट हेल्थकेयर इन्डस्ट्रिजले जनाएको छ। साथै यति एयरलाइन्समा उडानका क्रममा शिशु र आमालाई आइपर्ने समस्यालाई मध्यनजर गर्दे दुई वर्षमुनिका शिशुलाई बेबीको प्रिमियम डायपर्स २ वटा र आमालाई ह्वाइट मून स्यानिटरी प्याड २ वटा वितरण गर्ने कम्पनीले जनाएको छ।

सम्झौतापत्रमा बिराट हेल्थकेयर इन्डस्ट्रिजका तर्फबाट सीईओ (CEO) डा.निकिता कार्की र यति एयरलाइन्सको तर्फबाट प्रमुख व्यवसाय अधिकृत युवराज बिष्टले हस्ताक्षर गरे ।  यो अभियानले नेपालको शिशु स्याहारमा नयाँ आयाम थपेको छ। यस संयुक्त पहलले आमाबाबुको मनमा बालबालिकाको यात्राप्रति रहने चिन्तालाई सम्बोधन गर्दै शिशु यात्रालाई थप सहज बनाउने उद्देश्य राखेको छ। बिराट हेल्थकेयर इन्डस्ट्रिज नेपालमा बेबीको प्रिमियम डायपर्स तथा ह्वाइट मून स्यानिटरी प्याड्सका उत्पादक र वितरकका रूपमा परिचित छ। कम्पनीले नेपाली बजारमा आफ्ना उत्पादनहरूको माध्यमबाट आमा र शिशुको स्वास्थ्य सुरक्षामा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

यस साझेदारीले दुवै कम्पनीलाई नयाँ ग्राहकहरूसम्म पुग्न र ब्रान्ड विश्वसनीयता बढाउन उल्लेखनीय मद्दत गर्ने अपेक्षा गरिएको छ। विशेष गरी नेपालमा घरेलु उड्डयन क्षेत्र विस्तार हुँदै गरेको सन्दर्भमा यस्ता अभिनव साझेदारीहरूले उपभोक्ताको अनुभवलाई अझ समृद्ध बनाउने र शिशु भएका परिवारको यात्रा गर्दा सहज हुने विश्वास गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न