Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

विश्व कै सबैभन्दा पुरानो भाषा संस्कृतको महत्व

2020 Jun 19 12:15 PM 217

विज्ञापन

Birat Cancer Hospital
विश्व  कै सबैभन्दा पुरानो भाषा संस्कृतको महत्व
sujan-timilsing-lowसम्” उपसर्ग ‘कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो भन्ने बुझिन्छ। संस्कृत भाषाका प्रत्येक आयाममा जीवनको परिष्कृत रुप देखापर्छ। भाषा मानव जीवनको एक अभिन्न अङ्ग हो। भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ।बिश्वमा निकै भाषाहरू छन्।जस मध्ये संस्कृत भाषा पनि एक हो जुन विश्व  कै सबैभन्दा पुरानो भाषा पनि हो जस बाट  विश्वका धेरै भाषाहरू प्रभावित छन् भने कतिपय भाषाहरू संस्कृतबाट नै तत्सम तद्भव शब्दको रूपमा विकसित भएका छन्।sanskrit-books-in-india संस्कृत भाषामा नै वेद, उपनिषद रामायण, पुराण, भागवत, धर्मशास्त्र र महाभारत आदि जस्ता विश्वमा नै चर्चित र मूल्यवान ग्रन्थहरू प्रकाशित छन्। अथाह ज्ञान, विज्ञान, चेतना, बुद्धि, प्रबिधि र विवेकको स्रोत बोकेको संस्कृत आर्यजातिले सर्वप्रथम प्रयोग गरेको हुँदा यसलाई आर्य भाषा पनि भनिएको हो। संस्कृत वाङ्मयहरुमा पनि यसका वक्ताहरुलाई आर्य भनेर सम्बोधन गरिएको पाइन्छ। संस्कृत भाषामा पाइने अथाह ज्ञान अन्य भाषामा पाइँदैन। यस्तो महत्व र गरिमा बोकेको भाषा वर्तमान परिप्रेक्ष्यमा मृत प्रायः जस्तो भएको छ।
ssanskrit-final
हालको विश्व पाश्चात्य मुलुक तिर ढल्किएको हुनाले मानिसहरूको रूचि अङ्ग्रेजी भाषाप्रति आकषिर्त बनेको र सूचना, सञ्चार र प्रबिधिमा पनि अङ्ग्रेजी भाषाको विश्वव्यापी प्रभाव परेको हुँदा यो भाषाप्रतिको दृष्टिकोणमा सकारात्मक सोच हुन सकेको छैन। संस्कृत भाषा युक्त ग्रन्थहरूमा सामाजिक, आर्थिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, व्यवहारिक, राजनीतिक, नैतिक, चारित्रिक, वैज्ञानिक, प्राविधिक, शैक्षिक आदि सबै कुराको विषयगत ज्ञान प्राप्त हुन्छ। संस्कृत भाषाको महत्व बुझेर संसारका विकसित मुलुककाहरू युरोप अमेरिका का देशहरूका विश्व विद्यालयहरूमा संस्कृत विषयलाई पनि पठनपाठनको रुपमा समावेश गरेको पाइन्छ। वर्तमान परिप्रेक्ष्यमा संस्कृत भाषाको महत्व नबुझने व्यक्तिहरू अङ्ग्रेजी भाषाको प्रभावमा परेर संस्कृत भाषाप्रति अनास्था जगाएका छन्। संस्कृतलाई ज्ञानको स्रोतको भाषाका रूपमा नलिएर कर्मकाण्डीय भाषाका रूपमा व्याख्या गर्ने मानिसको संख्या पनि कम छैन। वास्तवमा कर्मकाण्डीय भाषा मात्र नभएर अथाह ज्ञान, विज्ञान, प्रविधिको विशिष्ट भाषा हो।
sanskrit-in-ancient-india
संस्कृत भाषा कै अनुकरण गरेर वा प्रभावमा परेर धेरै कवि/साहित्यकारहरूले सिद्धान्त वा दर्शनको प्रतिपादन गरेका छन्। साहित्यिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक, राजनीतिको, आर्थिक, आदि विषय सम्वद्ध कृतिहरूको रचना गरे। जली सभ्यताबाट मानवीय सभ्यतामा परिवर्तन गर्न संस्कृत भाषाको ठूलो महत्त्व रहेको छ। नेपाली, हिन्दी,अङ्ग्रेजी उर्दु, आदि जस्ता धेरै भाषाहरूमा संस्कृत भाषा कै शब्दहरूको वर्चश्व रहेको पाइन्छ। आधुनिक भाषाहरूको विकास नहुँदासम्म संस्कृत भाषा नै मानवीय वोलचालको भाषा पनि थियो। मानवीय जीवन दर्शनको अभियानका रुपमा रहेको आज यो भाषा  विश्वका चर्चित भाषाहरु मध्ये महत्वपूर्ण भाषाका रुपमा देखापर्छ। शिक्षित व्यक्तिहरूको अभिव्यक्तिमा पनि संस्कृत भाषा कै प्राधान्यता रहेको पाइन्छ । संस्कृत साहित्यमा नभएको विषय नै कहीँ छैन। मानवीय व्यवहारमा सकारात्मक सोच ल्याउनु चारित्रिक र नैतिक अवस्था सिर्जना गर्न संस्कृत वाङ्मयको ठूलो भूमिका रहेको हुन्छ।
संस्कृत भाषा नेपाल, भारतमा बोलिने अधिकांश आधुनिक भाषाहरूको जननी हो। पश्चिमी साहित्यका सर्न्दर्भमा ग्रीक र ल्याटिन भाषाभन्दा पनि पुरानो भाषा संस्कृत हो। संस्कृत भाषाबाट नै प्राकृत हुँदै नेपाल र भारतका अधिकांश आधुनिक भाषाहरू उत्पादित छन्। संस्कृत भाषाविहीन नेपाली भाषाको कुनै औचित्य देखिदैन। संस्कृत भाषा गहन अध्ययनबाट पश्चिमी मुलुकहरूले नयाँ-नयाँ कुराहरूको वैज्ञानिक आविष्कार गरे। संस्कृत भाषाले विश्वका धेरै भाषाहरूसँग पनि लेखनको प्रमुख स्रोत संस्कृत भाषालाई नै आधार बनाएका छन्। संस्कृत भाषामा चामत्कारिक स्वरूप पाइन्छ। संस्कृत भाषाको गरिमा र महत्त्व विश्वव्यापक रूपमा भए पनि वर्तमान परिप्रेक्ष्यमा राजनीतिक, सिद्धान्त र दर्शनले गर्दा यो भाषाको महत्त्वलाई राज्यले बुझन सकेको छैन।sanskrit-on-palm-leaves
नेपाली भाषामा ६०%भन्दा  बढी संस्कृत शब्दहरू तत्सम शब्द अभिव्यञ्जित भएको हुँदा त्यसको हिन्दु व्यक्ति वा वस्तुको नाम संस्कृत शब्द मै राख्दछन्। तर त्यसको अर्थ थाहा पाउँदैनन्, परिष्कृत भाषाको निर्माण संस्कृत भाषाले गराएको हुन्छ। नेपाली भाषामा लेखिएका गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, ज्ञान, विज्ञान, जनसङ्ख्या, स्वास्थ्य, सामाजिक आदि जस्ता धेरै पाठ्यपुस्तकहरूमा संस्कृत भाषा कै वर्चस्व र
हेको हुँदा नेपाली भाषाको अध्ययनका लागि संस्कृत भाषा कै अध्ययन गर्नु आवश्यक हुन्छ। संस्कृत भाषा के हो – यसको प्रयोगको अवस्था कस्तो छ – यस भाषाका शब्दहरूको प्रयोग के-कसरी र कस्तो रूपमा भएको छ – शब्दको व्युत्पत्ति आदि जस्ता विषयमा थाहा पाउन संस्कृत भाषा कै अध्ययन गर्नु नितान्त आवश्यक हुन्छ। यसरी संस्कृत भाषाको अध्ययनको उपादेयता रहेको छ। आफ्नो धर्म, संस्कृति, ज्ञान, विज्ञान आदिको क्षेत्र विस्तार गर्ने संस्कृत भाषाको आवश्यकता छ। संस्कृत भाषाको क्षेत्र वृद्धिका लागि गुरुकुल र विद्यालयहरूको संख्या पनि बढ्दै आएको छ।
                                                                                         ।।।  जयतु संस्कृतम्।।।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला