खेलकुद, समाचार
काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङको मङकङमा मंगलवार भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो । नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । […]
काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको छ । जुन १४ देखि २२ सम्म आयोजना हुने प्रतियोगिता दक्षिण एसियामा भारत र श्रीलंका बाहेक पाँच राष्ट्रको सहभागिता रहनेछ । राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित भुटान, पाकिस्तान र बंगलादेशले खेल्नेछन् […]
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलवारको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए […]
दुहबी । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ध्इध् द्दछण्८द्दछण् खेलको ११ औं मिनेटमा प्रदीप बुढाथोकीले गरेको १ गोल नै झापा ११ को निर्णायक गोल बन्यो ।खेलको उत्कृष्ट खेलाडी झापा […]
काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएकाे छ । शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिसले खुमलटारलाई २–० गाेलले हरायाे । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गाेल गरे । याे जितसँगै पुलिस छैटाैँ स्थानमा उक्लिएकाे छ । पुलिसकाे २१ खेलमा २८ अङ्क छ । खुमलटार उति […]
विराटनगर–१८ स्थित विराटराजाको दरबार भेडियारीबाट सुनसरीको बर्जु तालसम्म आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवर्द्धन, विराट–बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त दौडमा रावतले २३ किलोमिटर दूरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरी रु एक लाख पुरस्कार […]
धनकुटा : धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । बुधवार भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्रफी पाएको छ । उपविजेता बनेको वीरगञ्ज युनाइटेडले रु दुई लाख […]
विराटनगर । वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरले ‘हाफ म्याराथन प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । म्याराथन जेठ ६ गते बिहान ६ बजे मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आयोजना हुनेछ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने प्रतियोगिताले धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थानको प्रवद्र्धन हुने अपेक्षा गरिएको […]
धनकुटा । धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज आइतवार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच सेमिफाइनल खेल हुने भएको छ । पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत, सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि हिजो शनिवार भएको खेलमा वीरगन्ज युनाइटेड क्लबले साविक […]
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्नुभयो । मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले […]