एसीसी महिला टी–२० :नेपाल पाकिस्तान ‘ए’ सँग पराजित

एसीसी महिला टी–२० :नेपाल पाकिस्तान ‘ए’ सँग पराजित

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङको मङकङमा मंगलवार  भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो ।

नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । यस्तै, कविता जोशीले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।पाकिस्तानका सईदा शाह र तुवा हसनले समान २–२ तथा अनुशा नासिर र उम्मि हानीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले २–२ विकेट लिए । यो जितसँगै पाकिस्तानसमूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको नेपाल दोस्रो स्थानमा छ । नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग र १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.