नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली माल्दिभ्स प्रस्थान

नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली माल्दिभ्स प्रस्थान

काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको छ । जुन १४ देखि २२ सम्म आयोजना हुने प्रतियोगिता दक्षिण एसियामा भारत र श्रीलंका बाहेक पाँच राष्ट्रको सहभागिता रहनेछ ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित भुटान, पाकिस्तान र बंगलादेशले खेल्नेछन् । प्रतियोगिताको खेलतालिका भने सार्वजनिक भएको छैन । प्रतियोगिताका लागि सदिश प्रधानको कप्तानीमा १२ सदस्यीय टोली र अफिसियल गरी १७ जना माल्दिभ्स गएका हुन् ।

प्रधानको कप्तानी रहेको रहेको नेपाली टोलीका अन्य खेलाडीमा विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् । निकेश मगर र श्रेयास बहादुर शाह पहिलो पटक फुल कोर्टका लागि राष्ट्रिय टिममा परेका हुन् ।

यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने छन् ।नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.