पर्यटन प्रवर्द्धनका लागि विराटनगरमा हाफ म्याराथन हुने

पर्यटन प्रवर्द्धनका लागि विराटनगरमा हाफ म्याराथन हुने

विराटनगर । वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरले ‘हाफ म्याराथन प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ ।
म्याराथन जेठ ६ गते बिहान ६ बजे मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आयोजना हुनेछ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने प्रतियोगिताले धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थानको प्रवद्र्धन हुने अपेक्षा गरिएको मन्त्रालयका सचिव सञ्जीव राईको भनाइ छ ।
म्याराथनको दूरी २३ किमीको रहनेछ । प्रतियोगितामा पुरुषतर्फ एक सय जना सहभागी हुनेछन् । जसमा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार राशिको पुरस्कार दिनुका साथै चौथो, पाँचौँ र छैटौँ हुनेलाई सन्त्वनास्वरुप जनही रु १५ हजार प्रदान गरिनेछ । महिलातर्फ पाँच किमी दूरीमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।
दौड विराटराजाको दरबार सङ्ग्रहालयबाट सुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केसलिया रोड, कोसलिया पुल, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक हुँदै शुक्रबारे चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाटभित्र पुगेर पूरा हुनेछ ।
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *