खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
भलिबल : नेपाल तुर्किमिनिस्तानसँग पराजित

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)  पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनिस्तानले खेलको पहिले सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २६–२३ ले जित्यो […]

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

काठमाडौं । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन […]

विश्वकप क्रिकेट छनोट : नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ९१ रनको लक्ष्यलाई जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको […]

एसिया कपकाे मिति र ठाउँ टुङ्गाे लाग्याे, पाकिस्तानमा जम्मा ४ वटा खेल हुने

काठमाण्डाै – एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएकाे छ । एसिया कप आउँदाे अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएकाे छ । एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड माेडलमा हुन लागेकाे हाे । जसअन्तर्गत प्रतियाेगिताका चार खेल पाकिस्तान र […]

एसीसी महिला टी–२० :नेपाल पाकिस्तान ‘ए’ सँग पराजित

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङको मङकङमा मंगलवार  भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो । पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो । नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । […]

नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली माल्दिभ्स प्रस्थान

काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको छ । जुन १४ देखि २२ सम्म आयोजना हुने प्रतियोगिता दक्षिण एसियामा भारत र श्रीलंका बाहेक पाँच राष्ट्रको सहभागिता रहनेछ । राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित भुटान, पाकिस्तान र बंगलादेशले खेल्नेछन् […]

सहिद स्मारक ए डिभिजन लिग : जाउलाखेलले त्रिभूवन आर्मीलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलवारको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।  जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए […]

११ नवौं भलुवा गोल्डकप: झापा- ११ क्वाटर फाइनलमा प्रवेश

दुहबी । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ध्इध् द्दछण्८द्दछण् खेलको ११ औं मिनेटमा प्रदीप बुढाथोकीले गरेको १ गोल नै झापा ११ को निर्णायक गोल बन्यो ।खेलको उत्कृष्ट खेलाडी झापा […]

शहीद स्मारक ए डिभिजन :पुलिसले खुमलटारलाई हरायाे

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएकाे छ । शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिसले खुमलटारलाई २–० गाेलले हरायाे । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गाेल गरे । याे जितसँगै पुलिस छैटाैँ स्थानमा उक्लिएकाे छ । पुलिसकाे २१ खेलमा २८ अङ्क छ । खुमलटार उति […]

विराटराजा दरबार–बर्जु हाफ म्याराथन दौड प्रतियोगितामा रावत प्रथम

विराटनगर–१८ स्थित विराटराजाको दरबार भेडियारीबाट सुनसरीको बर्जु तालसम्म आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवर्द्धन, विराट–बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त दौडमा रावतले २३ किलोमिटर दूरी एक घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरी रु एक लाख पुरस्कार […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.