शहीद स्मारक ए डिभिजन :पुलिसले खुमलटारलाई हरायाे

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएकाे छ । शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिसले खुमलटारलाई २–० गाेलले हरायाे । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गाेल गरे ।
याे जितसँगै पुलिस छैटाैँ स्थानमा उक्लिएकाे छ । पुलिसकाे २१ खेलमा २८ अङ्क छ । खुमलटार उति नै खेलमा २१ अङ्कसहित तालिकाकाे पुछारमा छ । खुमलटार ‘रेलिगेशन जाेन’ मा कायमै छ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ‘रेलिगेशन जाेन’ मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
Leave a Reply