खेलकुद, समाचार
भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर ९पेनाल्टी० मा ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा खेल २–२ गोलको […]

मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ । बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उक्त प्रतियोगिता आगामी जेठ १३ गते […]

विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप(२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतका साथै मधेश तथा कोशी प्रदेश, मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लबका अध्यक्ष बिमल पोखरेलले जानकारी दिनुभयो । राष्ट्रको […]

एसीसी प्रिमियर कपमा नेपाल च्याम्पियन

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टायो । नेपाल सात विकेटले विजयी भयो । आजको खेलमा नेपालका गुलसन झाले […]

यु–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

विराटनगर । कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ । स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो । प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र रु दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको बागमती […]

एसीसी प्रिमियर लिग : नेपाल र यूएई आज उपाधिका लागि भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज नेपाल र युएईबीच हुँदैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व […]

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

खोटेहाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभापोखरी–३ […]

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

विराटनगर ।  कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो […]

नेपाली बक्सिङ टोली आज उज्वेकिस्तान जाँदै

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोली आज (शनिबार) उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने उक्त प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३।५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । चौथो […]

संखुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

खाँदबारी । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.