Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदै

2026 Jan 11 8:03 AM 223

विज्ञापन

Birat Cancer Hospital
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मनाइँदै

२७ पुस, — राष्ट्रनिर्माता पृथ्वीनारायण शाह को ३०४औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ।

आधुनिक नेपालको एकीकरण अभियानका अगुवा पृथ्वीनारायण शाहको योगदानको स्मरणस्वरूप प्रत्येक वर्षझैँ यसपटक पनि सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली दिइने कार्यक्रम तय गरिएको छ।

यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ। यता, शाहको जन्मभूमि गोरखामा भने यो दिवस विशेष समारोहका साथ मनाइने गरिएको छ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्ने परम्परा निरन्तरता दिएको छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बाबजुद जनताको साथ र सहभागितामा छरिएर रहेका बाइसे र चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार निर्माण गरेका थिए। २० वर्षको उमेरमै गद्दी सम्हालेका शाहले आन्तरिक तथा बाह्य चुनौती सामना गर्दै एकीकरण अभियान अघि बढाएका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।

पृथ्वी जयन्तीले नेपाली समाजको साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवलाई स्मरण गराउँदै विविधताभित्रको एकतालाई मजबुत बनाउने सन्देश दिन्छ। यस अवसरमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने मूल्यलाई विशेष रूपमा स्मरण गरिन्छ। युवापुस्तामा देशप्रतिको समर्पण, सेवा र जिम्मेवारीबोध जगाउन यस दिवसको महत्व अझै बढ्दो छ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता जोगिन सफल भएको मानिन्छ, जसका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा परिचित छ। उनले दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छन्।

भू–राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ भनेर व्याख्या गर्नु पनि शाहको दूरदर्शी सोचको उदाहरण मानिन्छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला