Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, बिचार, ब्यापार, ब्रेकिङ्ग न्यूज

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

2026 Sep 6 4:30 PM 56

विज्ञापन

Birat Cancer Hospital
मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिहीबार । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछानेसँग शिष्टाचार भेटघाट गरी रसुवाको प्राकृतिक विपत्ति तथा निजी क्षेत्रका समसामयिक विषयहरुका बारेमा छलफल गरेका छन् ।भेटघाटका क्रमम महासंघका केन्द्रीय सदस्य रिजालले भोटेकोशी नदीमा आएको भीषण विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मितेरी पुलआसपासकाबजार, जलविद्युत् आयोजनाहरु तथाभौतिक संरचनामाहुनगएको व्यापकजनधनको क्षतिप्रतिगहिरो दुःखव्यक्तगर्दै सो विपत्तिबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा क्षति व्यवस्थापनमा निजी क्षेत्र हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको जनाए । सोहीअवसरमा केन्द्रीय सदस्य रिजालले मन्दी, उच्च उत्पादन लागत र नीतिगत जटिलताका कारण धराशायीबनेको निजी क्षेत्रको संरक्षणका लागि रास्वपा सभापति लामिछानेलाई ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरेका थिए । पत्रमार्फत रिजालले उद्योगी–व्यवसायीहरुको उधारो कारोबारलाई कानूनी संरक्षण दिनतत्काल ‘उधारो कानून’ल्याउनु पर्ने र भन्सार, राजस्व तथा नापतौल जस्ता सरकारी निकायहरुबाट सामान्य त्रुटिमा पनिगरिने प्रशासनिकआतंकएवम् अस्वाभाविक जरिवानाहरुलाई तत्काल रोक्नुपर्ने माग गरेकाथिए । साथै, ढुवानी लागत घटाउन सडकको क्षमता वृद्धि (१०० टन) गरिनु पर्ने, प्लास्टिक उद्योगका मेसिनरी र स्वदेशीउत्पादनमालाग्ने अन्तःशुल्कखारेज हुनुपर्ने र बैंक ब्याजदर स्थायित्वका लागि कर्जा प्रक्रिया सहजीकरण गर्न उनले आग्रह गरेका थिए । त्यसैगरी, उद्योगहरुमा ट्रिपिङ र लोडसेडिङको अन्त्यगर्दै गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चितगर्न, दोहोरो कर प्रणाली सरलीकरण गर्न र आन्तरिक खपत बढाउन विकास निर्माणका कामहरुलाई तीव्रतादिनमागगर्दै रिजालले मौलिकउत्पादन, खनिज र विद्युतको निर्यात नीतिलाई सुचारु गर्दै समग्र निजी क्षेत्रको मनोबल उच्चबनाउन संसदीयएवम् राजनीतिक तहबाट अविलम्ब पहल गर्न अनुरोध गरेका थिए ।  छलफलका क्रममा रास्वपा सभापति माननीय रवि लामिछानेले विनाशकारी बाढीबाट क्षतिभएका जिल्लाहरुमा उद्दार तथा राहत व्यवस्थापनका कार्यहरुलाई सरकारले तिव्रताका साथ अघि बढाइएको जानकारी गराउनु भएको थियो । साथै उहाँले रिजालले संघको अध्यक्ष हुँदै उठाएका सुझावहरु, उधारो कानूनको व्यवस्थाप्रति सरकार सकारात्मक रहेको र छिटै त्यो कानुन ल्याइने, एक करोड पर्यटन भित्र्याउने लक्ष्य अनुरुप सरकारले कार्य गर्ने र मोरङ–सुनसरी आर्थिक कोरिडोरमा औद्योगिक पूर्वाधारहरु पनि बढाइने आश्वासन दिनु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला