Live
| बुधबार, भदौ २३, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

कान्छीमायाको हाफ म्याराथनमा नयाँ राष्ट्रिय ‘कीर्तिमान’

2017 Feb 24 5:58 PM 60

विज्ञापन

Birat Cancer Hospital

काठमाडौं  । सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले राष्ट्रिय कीर्तिमान कायम गर्दै  ‘पिंकाथन’ काठमाडौं हाफ म्याराथनको उपाधि जितेकी छिन् । शुक्रबार सम्पन्न प्रतियोगितामा निर्धारित् २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि जितेकी हुन् ।

यसक्रममा उनले सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी छन् । तर, यो नयाँ राष्ट्रिय कीर्तिमानलाई नेपाल एथ्लेटिक्स संघले आधिकारिकता दिन भने बाँकी छ । विजेता बनेसँगै कान्छीमायाले ५० हजार रुपैयाँका साथै मुम्बई म्याराथनमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छिन् । अघिल्लो साता सम्पन्न कान्तिपुर हाफ म्याराथनमा पनि महिलातर्फ कान्छीमाया नै विजयी बनेकी थिइन् ।

काठमाडौं पिंकाथनमा १ घन्टा २२ मिनेट ४५ सेकेन्डमा निर्धारित् दुरी पार गर्दै नेपाली सेनाकी रेशु बस्नेत दोस्रो भइन् । उनले २० हजार रुपैयाँका साथै मुम्बई म्याराथनमा सहभागी हुने अवसर पाइन् ।तेस्रो भएकी सेनाकै पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

काठमाडौं पिंकाथनअन्तर्गत् १० किलोमिटर दौडको उपाधि नेपाली सेनाकी सरिता बासीले जितेकी छन् । उनले निर्धारित् दुरी ३९ मिनेट ३७ सेकेन्डमा पूरा गरिन् ।दोस्रो भएकी आर्मीकै लक्ष्मी पाण्डेले ४० मिनेट १२ सेकेन्डको समय निकालिन् भने तेस्रो स्थान हासिल गरेकी मध्यपश्चिमकी धाविका फूलमती रानाले ४० मिनेट १५ सेकेन्डमा दौड सकाइन् ।

१० किलोमिटरतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । नेपाल एथलेटिक्स संघ सागको सहकार्यमा मुम्बईको संस्था लेजर पोर्ट र नेपालको शिवम ग्रुप होलिडेजको आयोजानमा काठमाडौंमा पहिलोपटक पिंकाथन आयोजना गरिएको हो ।

बलिउडका चर्चित मोडेल तथा पूर्वखेलाडी मिलिन्द सोमनले ५ वर्षअघि भारतको मुम्बईबाट पिंकाथन अभियान सुरु गरेका हुन् ।नेपालमा पहिलोपटक आयोजना गरिएको महिलालेमात्र सहभागिता जनाउन पाउने यो दौडमा झन्डै ३ हजार महिलाको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति