Live
| बिहिबार, असार ३१, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद, मनोरञ्जन

पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको फाइनलमा विराटनगर र राजविराज

2026 Apr 13 6:13 PM 146

विज्ञापन

Birat Cancer Hospital
पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको फाइनलमा विराटनगर र राजविराज

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ ।

 खेलमा विराटनगरले सिरहालाई ८ विकेटले पराजित गर्दै ४ अंककासाथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । लगातार २ खेलमा पराजित हुँदै सिरहा प्रतियोगिताबाट बाहिरिएको छ । तालिकामा सप्तरीको राजविराज हब २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै, २ खेल खेलेको विराटनगरको नेट रन रेटमा पछि पर्दै ४ अंका साथ दोस्रो स्थान, सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन रहँदै तेस्रो र आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) पनि २ खेलमा पराजित हुँदै तालिकाको पुच्छरमा रहेको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गरेकोे सिरहाले १६ दशमलव ४ बलमा सबै विकेटको क्षतिमा ६३ मात्रै बनाउन सक्यो । सिरहाकी मिना महतोले १७ रन बनाउँदा निलम महतोले ११ रन बनाइन् । विराटनगरकी कप्तान सानु राजवंशीले ३ विकेट लिँदा, साम्रिका गौतमले र समीक्षा राईले २–२ विकेट तथा धनमति रायले १ विकेट लिइन् । ६४ रनको लक्ष्य पाएको विराटनगरले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । प्लेयर अफ म्याच विराटनगरकी कप्तानसानु राजवंशीले सर्वाधिक अविजित ३५ रनको योगदान गरिन् । सिरहाकी स्वेता लामाले १ विकेट लिइन् ।

दोस्रो खेलमा राजविराज हवले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) लाई १ सय १९ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पराजित हुँदै एनसीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।टस हारेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५० रनमा विशाल स्कोर बनाएको थियो । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले सर्वाधिक अविजित ७२ रन बनाइन् । यादवले ६३ बलमा ५ चौका प्रहार गर्दै ७२ रन बनाउँदै प्रतियोगितामा पहिलो हाफ सेन्चुरी बनाउँन सफल भइन् । एनसीएफकी अनिष थापाले १ विकेट लिँदा सञ्जिता खडका, टनुजा मगर, सञ्जु परियार र झरना घिमिरे १–१ विकेट लिइन् । १ सय ५१ रनको विशाल लक्ष्य पाएको एनसीएफले १९ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ३१ रन मात्र बनाउँन सक्यो । एनसीएफका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । राजविराजकी सचिता यादवले २ विकेट लिँदा सुस्मिता यादवले १ विकेट लिइन् । बाकी विकेट रन आउट भएको थियो । लिगको अन्तिा खेल आइतबार सिरहा र एनसीएफ–११ तथा दोस्रो खेल विराटनगर हव र राजविराज हव विच प्रतिस्पर्धा हुने छ ।


विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?