Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

पुष्पलाल चोकमा कांग्रेसको सम्पर्क कार्यालय

2017 Jun 18 5:41 AM 54

विज्ञापन

Birat Cancer Hospital
पुष्पलाल चोकमा कांग्रेसको सम्पर्क कार्यालय
शंकर दाहाल

विराटनगर । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरका उम्मेदवार भीम पराजुलीले संयुक्त रूपमा उद्घाटन गरे । वडा नम्बर ३ अन्तर्गतका मतदातालाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरिएको पराजुलीले बताए । कांग्रेसले नगरसभापति पराजुलीलाई मेयर र इन्दिरा कार्की (इन्दु)लाई उपमेयरको उम्मेदवार बनाएको छ । सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता आचार्यले कांग्रेसले मात्रै हिमाल, पहाड र तराईलाई जोड्ने बताए । उनले कांग्रेसकै नीतिका कारण मुलुक अहिलेको अवस्थासम्म आइपुगेको दाबी गरे । एमालेको उग्रराष्ट्रवाद र मधेसवादी केही दलको उग्रमधेसवादले मुलुकलाई कमजोर बनाइरहेको उनको भनाइ थियो । ‘सबै जातजाति, भाषाभाषी र धर्म सम्प्रदायलाई जोड्ने एकमात्रै पार्टी भनेकै कांग्रेस हो,’ आचार्यले थपे, ‘अहिलेको अवस्थामा झनै कांग्रेसको भूमिका महत्वपूर्ण हुनेछ । त्यसका लागि सबै ठाउँमा कांग्रेसले जित्नुपर्छ ।’ सभापति लिम्बूले महानगरसहित विराटनगरका सबै स्थानीय तहमा कांग्रेसले जित्ने दाबी गरे । ‘जितिन्छ भनेर चुप लागेर नबस्नोस्,’ लिम्बूले भने, ‘कम्तीमा असार १४ गतेसम्म थोरै आराम गर्नुहोस् धेरै चुनाव प्रचार गर्नुहोस्, कांग्रेसको जित निश्चित छ ।’ मेयरका उम्मेदवार पराजुली र उपमेयरकी उम्मेदवार कार्कीले आफूलाई मत दिएर जिताउन मतदातालाई आग्रह गरे । त्यस्तै समारोहमा साहित्यकार दधिराज सुवेदी, क्षेत्र नम्बर ६ का सभापति विनोद बस्नेत, ३ नम्बर वडाका सभापति शत्रुघनचन्द्र पौडेल, रामचन्द्र गौतमलगायतले कांग्रेसको जितले मात्रै मुलुकमा आर्थिक विकास, शान्ति, सुव्यवस्था, स्थिरता र सुशासन स्थापना हुने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न